निलम्बित न्यायाधीश गिरी भेट्न आरती रावल पुगिन् डिल्लीबजार कारागार
वि.सं.२०८१ फागुन २६ सोमवार
shares
काठमाडौं। निलम्बित न्यायाधीश भुवन गिरीलाई भेट्न् आरती रावल डिल्लीबजार कारागार पुगेकी छन् ।
श्रीमान् भुवन गिरीमाथि वैवाहिक बलात्कारको आरोप लगाएकी रावल अदालतमा मुद्दा चलिरहेकै बेला उनलाई भेट्न् कारागार पुगेको विषयले उनीमाथि थप संका उत्पन्न भएको छ।
न्यायाधीश गिरीमाथि रावलले बलात्कारको आरोप लगाएर सडक आन्दोलन, आत्मदाह, विष सेवन र आमरण अनसनको बस्दै निलम्बित न्यायाधीश गिरीलाई कपिलवस्तुमा वैवाहिक बलात्कार र काठमाडौंमा जवरजस्ती करणीको मुद्दा दर्ता गरेकी थिइन् ।
काठमाडौंको जवरजस्ती करणी मुद्दामा न्यायाधीश गिरीलाई थुनामा राख्न सफल भएकी रावल अन्ततः न्यायाधीश गिरीलाई भेट्न कारागार कार्यालय, डिल्लीबजार, काठमाडौंमा पुगेको तथ्य बाहिरिएको छ।
न्यायाधीश गिरीका अनुसार २०८१ साल पौष २६ गते शुक्रवारका दिन १२:३० बजे समयमा रावल न्यायाधीश गिरीलाई भेट्न डिल्लीवजार कारागारमा गएको देखिन्छ । करिव १ घन्टा १० मिनेट गिरीसँगै वसेर कफीसहितको गफगाफ गरी १:४० बजे रावल कारागारबाट फर्किएको पाईएको छ।
भेटको क्रममा रावलले न्यायाधीश गिरीसँग २ वटा माग राखेको स्रोत बताउँछ ।
अदालतमा वैवाहिक बलात्कारको मुद्दा चलिरहेकै बेला रावलले गिरीसँग आँफुलाई १ करोड रुपैयाँ रकम दिएको खण्डमा उच्च अदालत पाटनमा चलिरहेको मुद्दा फिर्ता लिएर सफाई दिलाई पाउँ भनी निवेदन दिने बताएको गिरी बताउँछन् ।
रावलले अदालतको काम कारबाहीमा अवरोध नगर्ने बताएकी छन् । रावलले न्यायाधीश गिरीले आफ्ना छोरा छोरी र इस्टमित्र सम्पूर्ण त्यागेर सम्बन्ध विच्छेद मुद्दा फिर्ता लिई पुन: आँफुसँग मिलेर सँगै भए उच्च अदालत पाटनको मुद्दामा कुनै अवरोध सिर्जना नगरी न्यायाधीश गिरीलाई सफाई दिलाउन सहयोग गर्ने बताएकी छन् ।
त्यस्तै रावलले अदालतमा विश्वासको वातावरण कायम गर्न न्यायाधीश गिरीले २०८१ साल पुष २८ को पेशी स्थगित गरी लिखित रूपमा संझौता गर्नुपर्ने माग राखेकोमा न्यायाधीश गिरीले कुनैपनि माग पुरा गर्न नस्कने बताएपछि निज रावलले न्यायाधीश भुनन गिरीलाई आफ्नो फेसबुक आईडी Geeree Aarti / Rawal Aarti र टिकटक आईडी Geeree Kali/ Rawalkal मा गालीगलौज गरेको र उच्च अदालत पाटनले आफ्नो पक्षमा फैसला नगरे उक्त अदालतको तिनतला बाट हाम फालेर मर्ने र न्यायाधीशलाई आत्महत्या दुरुत्साहन मुद्दामा फसाई दिने धम्की दिँदै आएको गिरीको भनाइ छ।
न्यायाधीश गिरीले २०८१ साल कार्तिक २८ गते कपिलवस्तु जिल्ला अदालतवाट वैवाहिक बलात्कार मुद्दामा सफाई पाइसकेका छन् । न्यायाधीश गिरीले आरती रावल विरुद्ध दिएको सम्बन्ध विच्छेद मुद्दामा २०८१ साल माघ २० गते बाँके जिल्ला अदालत बाट सम्बन्ध विच्छेद हुने ठहरी फैसला भइसकेको छ।
गिरीसँग रावलको सम्बन्ध विच्छेद भएपछि रावलले आफ्नो फेसबुक आईडी Geeree Aarti को सट्टा Rawal Aarti र टिकटक आईडी Geeree Kali को सट्टा Rawalkali बनाई टिकटक आईडीमा न्यायाधीश भुवन गिरीको फोटो प्रोफाइल पिक्चरमा राखि गिरीको साथमा खिचेका फोटोहरू राखि टिकटक बनाई सम्बन्ध विच्छेद पछि पनि सम्बन्ध कायम रहेको कुरालाई निरन्तरता दिँदै उच्च अदालत पाटनलाई समेत धम्की दिँदै न्यायाधीश गिरीलाई गालीगलौज गर्दै आईरहेकी छन् ।
रावलले न्यायाधीश भुवन गिरी उपर वैवाहिक बलात्कार र जवरजस्ती करणी मुद्दा दर्ता गरी मोटो रकम असुल्न खोजेको र रकम नपाए पछि न्यायाधीश गिरीलाई कारागार पठाउन बाध्य पारिएको गिरीको आरोप छ।
अदालतमा मुद्दा बिचाराधीन भएकै बेला रावल कारागारमै गएर रु. १ करोड रकम दिएको खण्डमा वा छोरा छोरी र इस्टमित्र त्यागेर गिरी आफुसँग मिलेर वस्न खोजे मिलेर सगैँ वस्ने र उच्च अदालत पाटनको मुद्दामा कुनै अवरोध नगरी न्यायाधीश गिरीलाई जेलवाट निकाल्ने माग राखेको गिरीको आरोप छ।
रावल वास्तविक पिडित हुन् या होइनन् भन्ने बिषयको छिनोफानो नहुँदै प्रतिवादीसँग रावलको भेट र प्रतिवादीले लागाएको आरोप हेर्दा समाजमा रहेका वास्तविक पिडितले न्याय नपाउने अवस्था भने सिर्जना भएको देखिन्छ ।
दबाव, प्रभाव, धम्की, स्टन्टबाजी र मिडियाबाजीको प्रभावमाले अदालतका कतिपय काम कारबाही प्रभावित बन्ने गरेका छन् भने न्यायलयप्रति जनविश्वास डगमगाएको अवस्था छ।
यता पीडित भनिएकी रावलले पनि आँफु उक्त मिति र समयमा डिल्लीबजार कारागार गएको विषय स्वीकार गरेकी छन् । तर रावलले आँफु कारागारमा राजिव गुरुङ उर्फ दिपक मनाङ्गेलाई भेट्न् गएको र सोहि क्रममा गिरीसँग भेट भएको बताएकी छन्। जिल्ला अदालत पाटनमा चलिरहेको मुद्दाको मिसिलबाट फाईल हराएकाले ती कर्मचारीको सरुवा गर्न मनाङ्गे गुहार्न पुगेको रावलको दावी छ।


























