इन्स्पेक्टर खड्कामाथि दुर्व्यवहारको आरोप

1.7K
shares

 

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक दर्शन खड्कामाथि महिला पत्रकारलाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।आइतबार धनगढी–८ स्थित धनगढी सभा गृहको उद्घाटन कार्यक्रमको समाचार सङ्कलन गर्न पत्रकार आरजु हमाल पुगेकी थिइन् । सो सभा गृहको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

समाचार संकलनको क्रममा आफूलाई दुर्व्यवहार गरेको भन्दै हमालले राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, नेपाल पत्रकार महासंघ र इन्सेकमा उजुरी दिएकी हुन् ।फागुन २५ गते आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको कार्यक्रममा समाचार सङ्कलन गर्न पुगेकी हमाललाई पुरुष प्रहरी अधिकारीले हातपात गर्दै दुर्व्यवहार गरेका थिए।प्रहरी अधिकारीले समाचार संकलनको क्रममा दुर्व्यवहार गरेको घटनाको सत्यतथ्य छानविन गर्न हमालले माग गरेकी छन् ।आइतवार धनगढी–८ स्थित धनगढी सभा गृहको उद्घाटन कार्यक्रमको समाचार सङ्कलन गर्न पुगेकी दिनेश एफएम र दिनेशखबरकी समाचार निर्देशक आर्जु हमाललाई कैलाली प्रहरीले हातपात गर्दै दुर्व्यवहार गरेको थियो।

civil hospital
Hams Hospitals