पटक पटक मालपोतमा ‘माल’ पार्ने कोईराला खरदार 

8.1K
shares

काठमाडौं । एकजना कर्मचारीले एउटा कार्यालयमा निश्चित समय काम गर्न पाउने सरकारी नियम नै हुन्छ ।तर, पहुँचकाभरमा केही कर्मचारी पटक पटक एउटै कार्यालयमा काम गर्न पाउँछन्, त्यो पनि मालदार कार्यालयमा । मन्त्री,सचिवदेखि पत्रकारसम्म प्रयोग गरेर कर्मचारीले मालदार कार्यालयमा पटक पटक अवसर लिने गरेका छन् । त्यसका लागि उनीहरुले आर्थिक लगानी पनि गरेको प्रशस्त उदाहरण पाईन्छ । यस्तै एक भाग्यमानी खरिदार दिपक कोईराला पनि हुन् । उनी भक्तपुर मालपोत कार्यालयमा पटक पटक पुगेको अभिलेख बाट देखिन्छ । खरदार पदमा भएका कारण उनी रजिष्ट्रेशनमा काम गर्ने कर्मचारीमा पर्दछन् । उनी हाकिमको रोजाईमा पनि पर्दछन् । किनभने हाकिमलाई पनि अतिरिक्त आम्दानीमा कोईरालाको ठूलो भूमिका हुन्छ ।

 

अघिल्लो वर्षको ५ मंसिरमा मालपोत कार्यालयवाट उनको गृहमन्त्रालय अन्तर्गत सरुवा भएको पनि थियो । तर, यो सरुवा बदर गर्न आफूलाई चर्तित पत्रकार दावी गर्ने ऋषि धमलादेखि उत्तम कटुवालसम्मले सहयोग गरे । धादिङ्ग पुख्र्यौली घर भएका तत्कालिन भूमिसुधार सचिवलाई प्रयोग गरेर धमलाले कोईरालाको सरुवा रोकिदिए ।

अहिलेको असोजमा कोइरालाको सरुवा हुनुपर्ने थियो । तर, उनले पैसा पेलेर सरुवा नै गर्न रोेकेको खुलेयाम बताउँदै हिँडेका छन् । कोइराला लामो समयदेखि उक्त मालपोत कार्यालयमा कार्यरत छन्।

 

 

उनले भक्तपुरको मालपोतमा जान ऋषि धमलालाई पनि आर्थिक जोहो गरिदिएको बताउने गरेका छन् । रकम दाखिला भएपछि उनी भक्तपुर मालपोतमै रोकिएका हुन् ।

 

कर्मचारी पुनः मालपोत कार्यालय जान मरिहत्ते गर्नुलाई अतिरिक्त कमाईनै प्रमुख भएको त्यहाँका लेखापढी गर्ने एक व्यक्तिले बताए । लेखापढी गर्नेहरुको सहयोगमा अतिरिक्त रकम संकलन गरेर हाकिमदेखि माथिल्लो निकायहुँदै प्रभाव पार्ने स्थानसम्म लैजान सक्ने कर्मचारी नै एउटै कार्यालयमा धेरै समय टिक्ने गरेका छन् । सोही प्रबृत्तिका कर्मचारी पटक पटक एउटै कार्यालयमा जाने गरेका छन् । कोईराला त्यही कोटीका कर्मचारी हुन् ।

 

 

मान्छे किन एउटै ठाउँमा जानलाइ यति धेरै मरिहत्ते गर्छन् भन्ने कुरा याहाँबाट प्रमाणित हुन्छ । मुख्यगरी छुट दर्ता तथा जग्गा व्यवसायीको कित्ता काटमा कोइरालाको बिशेष दख्खल रहेको मालपोत कार्यालय भक्तपुरका अर्का खरिदारले बताए । तल्ला तहका कर्मचारीलाई वेवास्ता गर्दै हामिक पोस्न पनि सिपालु कोईरालालको आर्थिक अवस्था जान्नेहरु जिब्रो टोक्ने गर्दछन् । दुई पटक सरुवा थमौती गर्दा रकम पनि राम्रै खर्च भएको आफन्तसँग बताउने कोईराला अझ पनि आफूलाई कसैले चलाउन नसक्ने बताउँदै हिड्ने गरेका छन् ।

 

यस बिषयमा कोइरालासँग हामिले कुरा गर्दा लामो समयसम्म बसेको हो र जनताको सेवा गर्न बसेको हो भनि बताए।

 

यो पनि पढ्नुहोस्,छुटाउनु भयो की…

सरकारी जग्गा श्रेस्ता मिलानका नाममा ब्यक्तिगत नाममा दर्ता 

civil hospital
Hams Hospitals