जापानमा झुटा कागजात पेस गर्ने ६ नेपाली निष्कासन

24.1K
shares
Nabil bank

 

काठमाडौं।जापानले ६ जना नेपालीलाई निष्कासन गरेको छ। गलत कागजात पेस गरेको आरोपमा उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो निष्कासनमा पर्नेमा चौधरी, कार्की, खड्का, गौतम, घर्ती मगर र भट्टचन थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई आइतबार नेपाल फर्काइएको हो। स्रोतका अनुसार दुई जनालाई थाइ एयरको विमानबाट र तीन जनालाई श्रीलंकन एयरलाइन्सको विमानबाट काठमाडौँ फर्काइएको हो।

झुटो कागजात पेस गरेका आरोपमा उनीहरूलाई जापानको अध्यागमन प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि उनीहरूलाई सोधपुछ गरी आवश्यक डकुमेन्ट बन्दोबस्ती गरेर नेपाल फर्काइएको स्रोतले बताएको छ। कस्तो खालको कागजात पेस गरिएको भन्ने विषयमा भने खुलाइएको छैन।

अघिल्लो साता दुई जनालाई जापानले निष्कासन गरेको थियो। अध्यागमन कानुन उल्लङ्घन गरेको आरोपमा पुन र भुजेललाई नेपाल फर्काइएको थियो।

एजेन्सी

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x