जलाइएको घरभित्र मृत भेटिएका व्यक्ति पत्रकार भएको पुष्टि
वि.सं.२०८१ चैत १५ शुक्रवार
26.7K
shares
shares
काठमाडौं । आज तीनकुनेमा राजावादी आन्दोलनका क्रममा जलाइएको घरभित्र मृत भेटिएका व्यक्ति पत्रकार भएको पुष्टि भएको छ । उनी एभिन्यूज टेलिभिजनमा कार्यरत क्यामेरा पर्सन सुरेश रजक हुन् ।
उनी घरको छतबाट आन्दोलनको दृष्य कैद गर्दै थिए । त्यसक्रममा अचानक घरमा आगजनी भएपछि उनी बाहिर निस्किन भ्याएनन् ।
एभिन्यूज टेलिभिजनका समाचार प्रमुख केदार कोइरालाले मृतक व्यक्ति रजक नै भएको पुष्टि गरे ।
Subscribe
0 Comments
Oldest































