तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु हट्यो
वि.सं.२०८१ चैत १६ शनिवार
16.8K
shares
shares
काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको छ ।
अहिले बिहान ७ बजेदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि शुक्रबार अपरान्ह ७ बजेसम्मको लागि कफर्यु आदेश जारी गरिएको थियो ।
७ बजेसम्म जारी कर्फ्यु थप गरी आज बिहानसम्म पुर्याइएको थियो । अहिले ७ बजेबाट कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको हो ।

Subscribe
0 Comments
Oldest































