७९ जना प्रहरी हवल्दारहरु वरिष्ठ हवल्दारमा बढुवा

12.9K
shares
Nabil bank

 

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूहतर्फका ७९ जना प्रहरी हवल्दारहरु वरिष्ठ हवल्दारमा बढुवा सिफारिस भएका छन् ।

 

बिहीबार बसेको बढुवा समितिको बैठकले सञ्चारतर्फका ६४ जना, संगिततर्फका ८ जना, स्वास्थ्य अन्यतर्फ चारजना, केनाईनतर्फ एकजना, सूचनाप्रविधि कम्प्युटरतर्फ एकजना र विधिविज्ञानतर्फ एकजना गरी ७९ जनालाई वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको हो ।

 

बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ४ अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।यस्तै प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, मेकानिकल ईन्जिनियरिङ्ग तथा सवारीतर्फ प्रहरी नायव निरीक्षक खडक बहादुर चन्दलाई प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस गरिएको छ ।

 

यसैगरी संगित उपसमूहतर्फका श्याम थापा पनि प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस भएका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x