मिटरब्याजपीडितको काठमाडौंमा प्रदर्शन

873
shares
Shine resunga department bank

काठमाडौं । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजपीडितले मंगलबार (चैत २६) पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । मंगलबार बिहान उनीहरूले शान्तिवाटिकादेखि बालुवाटारसम्म प्रदर्शन गरेका हुन् ।

 

उनीहरूले ‘समग्र वित्तीय शोषणको अन्त्य गर’, ‘वित्तीय माफियाहरूलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद’, ‘सहकारी संस्थाको अनुगमन, नियमन र नियन्त्रण नगर्ने यो नालायक सरकार हो’ जस्ता प्लेकार्ड बोकेर नाराबाजी गरे । सोमबार (चैत २५) उनीहरूले शान्तिवाटिकादेखि राष्ट्रपति भवन शीतलनिवासनजिकसम्म पुगेर प्रदर्शन गरेका थिए ।

Sharestha treating