आयल निगममा मिसन ८४ को नाममा कमिसन काण्ड

वि.सं.२०८१ चैत २९ शुक्रवार
shares

काठमाडौं । देशमा सवैभन्दा धेरै भ्रष्ट काम हुने नेपाल आयल निगम पनि हो । घाटामा जाँदा पनि कमिसन खान पाउने थलो हो आयल निगम ।
चोरीचकारीदेखि अवैध कामको अड्डाको रुपमा पहिचान पाएको आयल निगममा अहिले मन्त्री दामोदर भण्डारी र निगम प्रमुखको मिलेमतोमा मिसन चौरासीको नाममा कमिसन चौरासी भईरहेको छ । जुन दृष्य त्यहाँका ईमान्दार कर्मचारीहरु टुलुटुलु हेरेर बसिरहेका छन् । निगमको कार्यकारी नियुक्त भएपछि चण्डिका भट्टको बिभागीय मन्त्री दामोदर भन्डारीसँग खटपट पनि भयो । उनीहरुबीच केही समय बोलिचाली बन्द भएको समाचारहरु पनि आए ।
बिचौलियाको जोडमा नियुक्त भएका भट्टले् मन्त्रीलाई नजराना नचढाएपछि खटपट भएको थियो । तर, बिस्तारै कमिसनको पोको मिसन ८४ को नाममा मन्त्री भण्डारीको क्वाटरमा पुग्न थालेपछि दुवै मिलेर निगममा मस्ती मारिरहेका छन्।
पछिल्लो समय दुबैजनाको ट्युनिङ मिलेपछि अनावश्यकरुपमा पूर्वाधार निर्माणमा जोड दिन थालेका छन् । कमिसनकै लागि भौतिक निर्माण गरेर आफू अनुकुल मासिनलाई काम दिँदै कमिसन बटुल्दै गर्न थालिएको छ ।
पूर्वाधार निर्माणमा मिसन ८४ को नाममा कमिसन ८४ मा जोड दिईएको अहिले उद्योग तथा आपूर्ति मन्त्रालय आसपासमा चर्चा हुने गरेको छ । भैरहवा, धनगढी र सिनामंगलको डिपो असुरक्षित भएको हल्ला गर्दै स्थानान्तरण र भण्डारण क्षमता बढाउने योजना उनीहरुले अघि सारेका छन् । इन्धन डिपो निर्माण तथा स्थानान्तरणका लागि चण्डिका भट्टले सबै अधिकार प्रदिप यादवलाई हस्तान्तरण गरेका छन् ।
हुन त आयल निगममा प्रदिप यादव भन्दा माथिल्लो पदमा नै ७ जना कर्मचारी छन् । तर, काम भने यादवले पाएका छन् ।कुनै बिशेष योग्यता र दक्षता नभएका यादवलाई प्रमुख बनाउन कुनै मापदण्ड पनि अपनाईको छैन ।
सबै इन्धन डिपो निर्माण तथा स्थानान्तरणको प्रमुख नै प्रदीपलाई बनाउनुले पनि चलखेलन नै भएको स्पष्ट हुन्छ ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की: