२-२ हप्तामा इन्धनको मूल्य बढाएर साढे ९ अर्ब नाफामा आयल निगम
वि.सं.२०८१ चैत ३० शनिवार
2.3K
shares
shares
काठमाडौं । आयल निगमले नाफा कमाएको बिज्ञाप्ति जारी गरेको छ । निगमका प्रवक्ताका अनुसार यो आर्थिक बर्षमा मूल्य वृद्धि गरेर नाफा भएको हो । उपभोक्ता ठगिएको भएपनि निगम भने नाफामा गएपछि कर्मचारीले बोनस पनि पाएका छन ।
२०८१ चैत्र २९ गतेका दिन नेपाल आयल निगम लिमिटेडको ४३औ बार्षिक साधारण सभा सम्पन्न भएको छ। निगमले आ.ब. २०८०/८१ मा ३ खर्ब ५६ अर्ब ७२ करोडको पेट्रोलियम पदार्थ आयात गरेको थियो भने ३ खर्ब ६४ अर्ब ५२ करोड वरावरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो। उक्त आ.ब.२०८०/८१ मा निगमले ९ अर्ब ५५ करोड नाफा गरेको व्यहोरा जानकरी दिइएको छ ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:


























