सुनको मूल्य २७ सयले बढ्यो, आज कति पुग्यो हेर्नुहोस्

वि.सं.२०८२ वैशाख ३ बुधवार
1.8K
shares
shares

काठमाडौं । सुनको भाउले फेरि पनि नयाँ रेकर्ड कायम गरेको छ । आज बुधबार तोलामा २ हजार ७ सयले वृद्धि भएर सुनको भाउ हालसम्मकै उच्च भएको हो ।
सुनको मूल्य तोलाको एक लाख ८७ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार तोलाको एक लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य १० रुपैयाँले वृद्धि भएर तोलाको १ हजार ९ सय ५५ रुपैयाँ पुगेको छ । हिजार एक हजार ९ सय ४५ रुपैयाँ थियो ।