सहकारीमा लेखापरीक्षण प्रणाली

1.1K
shares
Shine resunga department bank

बिषय प्रवेश

कुनै पनि संस्थाको आर्थिक कारोबारको स्वतन्त्ररुपले परीक्षण गर्ने कार्यलाई लेखापरीक्षण भनिन्छ ।
लेखापरीक्षण स्वतन्त्र, निष्पक्ष र उद्येश्यमूलकरुपले गरिने चेकजाँच, परीक्षण, मूल्याङ्कन र विश्लेषण हो ।
नेपालको लेखापरीक्षण ऐन, २०७५ ले ‘लेखा तथा लेखासँग सम्बन्धित कामको परीक्षण र त्यसको आधारमा
गरिने मूल्याङ्कन तथा विश्लेषण र सम्परिक्षण गर्ने कार्य समेतलाई लेखापरीक्षणको रुपमा परिभाषित गरेको छ। लेखापरीक्षण कुनै संस्थाको वित्तीय अवस्थाको सम्बन्धमा स्वतन्त्रपूर्वक परीक्षण गरी त्यसउपर राय दिने कार्य हो ।

 

सहकारी लेखापरीक्षणको अर्थका सम्बन्धमा सहकारी ऐन, २०७४ तथा सहकारी नियमावली, २०७५
बमोजिम दर्ता भई सो बमोजिम कारोबार गरेका सहकारी संस्थाहरु, सहकारीका विभिन्न स्तरका संघहरु र
सहकारी बैंकहरुको लेखापरीक्षणलाई नै सहकारी लेखापरीक्षण भनिएको छ ।नेपालको प्रचलित कानूनले सहकारी संघ संस्थाहरुको लेखापरीक्षण नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाटपेशागत प्रमाणपत्र प्राप्त स्वतन्त्र लेखा परीक्षकबाट गराउनु पर्ने व्यवस्था गरेको छ ।

 

मुलुकको आर्थिक विकासका लागि लेखाको महत्व तथा लेखा व्यवशायीको आर्थिक एवं सामाजिक उत्तरदायित्वप्रति जनचेतना जगाउने, लेखा व्यवशायको सम्बन्धमा सामाजिक मान्यता तथा विश्वास अभिबृध्दि गर्ने, लेखा व्यवशाय एवं लेखाको महत्व प्रति लेखा व्यवशायीको उत्तरदायित्व वोध गराई लेखा व्यवशायको विकास,संरक्षण र सम्बर्धन गर्नका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको स्थापना भएको पाइन्छ ।सहकारी संस्थाको लेखापरीक्षणको उद्येश्य संस्थाको लेखा र लेखा सम्बन्धी कामको स्वतन्त्रपूर्वक परीक्षण गर्नु,गल्ति, ठगी वा वदमासी पत्ता लगाउनु, वित्तीय बिबरणमा लेखा परीक्षण प्रमाणका आधारमा राय दिनु, राय,निष्पक्षरुपमा प्रदान गर्नु, आदि हुन् । यी उद्येश्यमा केन्द्रीत रही यस अतिरिक्त संस्थाले लिएको उद्येश्य पूरा गर्नसके नसकेको, सदस्य केन्द्रित भई कारोबार गरे नगरेको, लेखापरीक्षण प्रतिवेदनले संस्थाको आर्थिक तथा वित्तीय अवस्थाको यथार्थरुपमा चित्रण गरे नगरेको, संस्थाको कारण सदस्यहरुको आर्थिक तथा सामाजिक अवस्थामा परिवर्तन आए नआएको, सहकारी सम्बन्धी प्रचलित कानूनको परिपालना भए नभएको, संस्थामावित्तिय सुरक्षण भरपर्दो र पर्याप्त रहे नरहेको, वित्तिय सुशासन कायम भए नभएको लगायतका विषयकोपरीक्षण तथा विश्लेषण समेतका कार्य लेखापरीक्षणको दायरा भित्र पर्दछन् । यसकालागि संस्थाले गरेको कारोबारको नियमितता, मितव्ययिता, कार्यदक्षता, औचित्यता र प्रभावकारिता लगायततका आधारमालेखापरीक्षण गरी स्वतन्त्रपूर्वक राय दिने कार्य लेखापरीक्षकले गर्नु पर्दछ ।
सहकारी संस्थाको लेखापरीक्षण गर्न यसको प्रकृति र कारोबारका सम्बन्धमा जानकारी हुनु जरुरी हुन्छ ।

 

नेपालको सहकारी क्षेत्रले विविधतायुक्त कारोबारलाई समेटेको छ। साथै यसको संजाल
व्यापकरुपमा विस्तारित छ । यस भित्र विभिन्न प्रकार र तहका सहकारी संघ
संस्थाहरु आवध्द छन् । विभिन्न तहका संघहरुलाई सहकारी कानूनले प्रदान गरेको जिम्मेवारी र सो को
परिपालनाको अवस्था समेत लेखापरीक्षकले अध्ययन विश्लेषण गर्ने विषयवस्तुमा पर्दछन् ।
नेपालमा मुख्यतया उत्पादन कार्यसँग सम्बन्धी सहकारी संघ संस्थाहरु, उपभोक्ता सहकारी संघ संस्थाहरु,
वित्तीय कारोबार गर्ने सहकारी संघ संस्थाहरु, श्रमिक सहकारी संघ संस्थाहरु र वहुउद्येश्यीय सहकारी संघ
संस्थाहरु सञ्चालनमा छन् । मुलुकमा हाल करीब ३१ हजार ५ शय सहकारी संघ संस्थाहरु रहेको पाइन्छ । यीसबै सहकारी संघ संस्थाहरु स्वायत्त र स्वतन्त्र हुन्छन् । यी संस्थाहरुकोलेखापरीक्षण गर्दा संस्थाको उद्येश्य, कार्य प्रकृति, प्रकार, सदस्य संख्या, संस्थाले गर्ने मुख्य क्रियाकलाप, उत्पादन तथा वित्तिय क्षेत्रका मुख्य कार्य र त्यसले सहकारीका सदस्यको जीवनस्तरमा पार्ने प्रभावलाई समेतलाई अध्ययन गर्न आवश्यक हुन्छ ।

 

सहकारी संघ संस्थाको गुणस्तरिय लेखापालन र लेखापरीक्षण कार्यबाट संस्थाको व्यवस्थापकीय क्षमतामा
बृध्दि हुन्छ, स्रोतसाधनको परिचालनमा दक्षता र प्रभावकारिता आउँदछ, वित्तीय सुरक्षा सुनिश्चित हुन्छ ।
यसले संस्थाको आर्थिक क्रियाकलापहरुमा पारदर्शीता ल्याउन मदत गर्दछ । सरोकारवालाहरुबीच संस्थाको
विश्वसनीयता बढाउँदछ । यसबाट संस्थाको दिगोपनामा बृध्दि हुन्छ । संस्थाको सदस्यको आर्थिक तथा सामाजिक उन्नयन गर्ने उद्येश्य पूरा गर्न सहयोग
पुग्दछ ।

 

लेखापरीक्षणको उद्येश्य तथा प्रकार

लेखापरीक्षण विभिन्न प्रकारका हुन्छन् । यसमा वित्तिय लेखापरीक्षण, कर लेखापरीक्षण, कार्यमूलक
लेखापरीक्षण, आन्तरिक लेखा परीक्षण, आदि मुख्य हुन् । लेखापरीक्षणका प्रकार अनुसार यसको उद्येश्य पनि
फरक फरक रहेको पाइन्छ । खासगरी वित्तिय लेखापरीक्षणले संस्थाको पूँजी परिचालन, सम्पत्ती तथा
दायित्वको अवस्था, बचत, ऋण, लगायतका वित्तीय अवस्थाको बारेमा राय प्रदान गर्दछ । कर लेखा परीक्षणले
करको दायित्व निर्धारण वा परीक्षण सम्बन्धी विषयलाई मुख्य प्राथिमिकता दिएको हुन्छ । कुनै खास
कार्यक्रमको उद्येश्य र लक्ष्य प्राप्तिको अवस्था वा दक्षता र प्रभावकारिताको परीक्षण गरी राय प्रदान गर्न
कार्यमूलक लेखापरीक्षण गरिन्छ । साथै संस्थाको व्यवस्थापन भित्रबाटै स्रोतसाधनको परिचालनमा आन्तरिक
नियन्त्रण पध्दति स्थापित गर्न र अन्तिम लेखापरीक्षणको तयारी कार्यमा सघाउ पुर्याउन आन्तरिक लेखापरीक्षण
गरिन्छ ।

 

सहकारी संस्थामा लेखापरीक्षण गर्ने आधार

लेखापरीक्षण गर्ने प्रमुख आधारहरुमा मुलुकको संविधान, सम्बध्द ऐन, नियमावली, विनियम, निर्देशिका,
कार्यविधि, मापदण्ड, नर्म्स, संझौता, निर्णय, नीति, रणनीति, कार्ययोजना, मानदण्ड, मार्गदर्शन, निर्देशिका,
वार्षिक बजेट तथा कार्यक्रम, आदि हुन् । सहकारी संघ संस्थाहरुको लेखापरीक्षण गर्दा सहकारी ऐन, २०७४,
सहकारी नियमावली, २०७५, आयकर ऐन, २०५८, आयकर नियमावली, २०५९, श्रम ऐन र नियमावली,
२०७४, बोनस ऐन, २०३०, सहकारी विभागबाट जारी सहकारी संस्थाको लेखापरीक्षण निर्देशिका, २०७५,
सहकारी संस्था तथा संघहरुकोलेखापरीक्षण निर्देशिका र लेखापरीक्षण सम्बन्धी आचार संहिता, सहकारी विभाग लगायत सम्बन्धित दर्ता वा नियमन गर्ने निकायका यस सम्बन्धी कानून तथा निर्देशन, सम्बन्धित सहकारी संस्थाको विनियम, नीति,योजना, आर्थिक तथा कर्मचारी प्रशासन सम्बन्धी विनियमावली, साधारण सभा तथा सञ्चालक समितिका निर्णय, मापदण्ड, स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम, आदि अध्ययन गर्न आवश्यक हुन्छ ।

 

लेखापरीक्षणको विषय क्षेत्र

लेखापरीक्षण कार्यले सम्बन्धित संस्थाको समग्र पक्षलाई समेटेको हुन्छ । यो मात्र संस्थाको लेखा पध्दति र
वित्तीय अवस्थाको परीक्षण होइन । यसले सहकारी संस्था गठनको उद्येश्य, उद्येश्य पूरा गर्न लिएका लक्ष्यहरु,
लक्ष्य हाँसिलको अवस्था, कार्यनीति तथा कार्यक्रम, स्रोतसाधनको व्यवस्था, स्रोतसाधनको परिचालनमा दक्षता
तथा प्रभावकारीताको अवस्था, आन्तरिक नियन्त्रण प्रणाली, संस्था सञ्चालनका कानूनी एवं सङ्गठनात्मक
आधारहरुको पर्याप्तता, विधि तथा नियमको परिपालनाको अवस्था, संस्थाको निरन्तरता वा दिगोपनाको
अवस्था, संस्थाका आन्तरिक तथा वाह्य वातावरणीय पक्षहरुबाट प्राप्त हुने अवसर तथा लाभको पहिचान एवं
प्राप्तिको अवस्था र चुनौति तथा समस्याहरुको पहिचान तथा सामनाका लागि रणनीतिक योजना पध्दति
तर्जुमा तथा कार्यान्वयनको अवस्था लगायतका विषयवस्तुको समग्र अध्ययन, विश्लेषण र लेखाजोखा गरी राय
प्रदान गर्ने व्यापक विषय क्षेत्र लिन्छ । यसर्थ लेखापरीक्षण गर्ने कार्य अति संवेदनसील र प्रज्ञायुक्त हुन्छ ।
विषयवस्तुको समग्र ज्ञान, निरन्तर अभ्यास, अनुभव र आचार संहिताको पालनाबाट मात्र
लेखापरीक्षण कार्य प्रभावकारी हुन्छ ।

 

लेखापालन तथा लेखापरीक्षणको गुणस्तरियता

सहकारी संस्थाको लेखापालनको गुणस्तरियता संस्थाको आन्तरिक कार्य वातावरणमा भर पर्दछ भने
लेखापरीक्षणको गुणस्तरियता लेखापरीक्षकको ज्ञान, सीप, अनुभव र मूल्यमा भर पर्दछ । समग्रमा
संस्थाले अवलम्बन गरेको लेखा प्रणाली, लेखा विधि, कर्मचारी तथा लेखा उत्तरदायी पदाधिकारी तथा
लेखापालनमा लेखा सहयोगी कर्मचारीको ज्ञान, सीप र अनुभव, उत्प्रेरणा, क्षमता बृध्दि कार्यक्रम, संस्थाको
कार्यवातावरण, संस्थागत पूर्वाधारको विकासको अवस्था, कार्य संस्कृति, लेखा सम्बन्धी प्रचलित मान्य
विधिहरुको अनुसरणको अवस्था, आधुनिक सूचना प्रविधिको उपयोगको अवस्था, कानुनको परिपालना,
संस्थाका सदस्य तथा सञ्चालकहरुको आचार संहिता पालना, वित्तिय अनुशासन र दुरदर्शीता, लेखापरीक्षकको दक्षता क्षमता, आदि विषयले सहकारी संघ संस्थाको लेखा प्रणाली र लेखापरीक्षणको गुणस्तरमा प्रभाव पारेको हुन्छ ।

 

अन्य संघ संस्था जस्तै सहकारी संघ संस्थाहरु पनि वातावरणका उपज हुन् । आन्तरिक र वाह्य वातावरणीय
तत्व हरुले संस्थाका हरेक कार्यलाई प्रभाव पारिरहेका हुन्छन् । सहकारी संस्थाहरलाई पनि मुख्यतया वाह्य तत्वहरुले चुनौति थपिरहेका हुन्छन् ।
मुलुकको समग्रसुशासनको अवस्थाले संस्थाको व्यवशायिक क्रियाकलाप र यसको लेखा तथा लेखापरीक्षण कार्यलाई समेतअसर गर्दछ । मुलुकको विद्यमान सहकारी सम्बन्धी कानून, वित्तीय तथा कर नीति, कानूनको परिपालनाको अवस्था, भैतिक पूर्वाधार तथा सूचना प्रविधिको उपलब्धताको अवस्था, सम्बध्द निकायहरुमा सुशासनको अवस्था, मुलुकको आर्थिक तथा सामाजिक वातावरण लगायतको अवस्थाले सहकारी संघ संस्थाहरुको व्यवशायिक क्रियाकलापलाई असर गरिरहेको हुन्छ । सरकारले लिने सहकारी सम्बन्धी नीतिका कारण समेत सहकारी संस्थाहरुको आर्थिक तथा सामाजिक अवस्थामा दुरगामी असर पर्दछ । यसबाट संस्थाको आर्थिक पक्ष र लेखापरीक्षणको गुणस्तरियतामा समेत प्रत्यक्ष तथा परोक्षरुपमा प्रभाव पर्ने संभावना रहन्छ ।

 

सहकारी संघ संस्थाको लेखापरीक्षण गर्दा राख्नु पर्ने जानकारी

 

सहकारी संघ संस्थामा लेखापरीक्षण गर्नुपूर्व सहकारी संस्था कस्तो प्रकारको संस्था हो, यसको गठन,
सञ्चालन र नियन्त्रण कसरी हुन्छ, यसको प्रकृति, विशेषता, प्रकार, उद्येश्य, कार्य तथा कार्यक्षेत्र
के कस्तो हुन्छ, आदि विषयमा समेत जानकारी राख्न आवश्यक हुन्छ ।तसर्थ यहाँ संक्षेपमा यी विषय
समेत उल्लेख गर्न सान्दर्भिक देखिएको छ ।

 

सहकारी एक प्रकारको व्यवशाय हो । व्यवशाय मुनाफा आर्जन गर्ने उद्येश्यले गरिएको काम हो, चाहे त्यो काम
जुनसुकै व्यक्ति, व्यक्तिहरुको समूह वा संघ संस्थाबाट सञ्चालन भएको किन नहोस् । तर व्यवशायका प्रकार वा
स्वरुप भने भिन्न हुन सक्दछन् । जसमा सीमित दायित्व, असिमित दायित्व र गैरनाफामूलक व्यवशाय पनि पर्दछन्। व्यवसायका मुख्य प्रकारहरुमा एकलौटी व्यवशाय, साझेदारी व्यवशाय, कंपनी व्यवशाय ,पव्लिक लिमिटेड र प्राइभेट लिमिटेड , सरकारी व्यवशाय सरकारले गर्ने साझेदारिता अन्तर्गतका विभिन्न मोडलहरु समेत, वहुरार्ष्ट्रिय निगम ,अन्तर्राष्ट्रिय कपनीहरु , सहकारी व्यवशाय, आदि पर्दछन् ।

 

अन्तर्राष्ट्रिय सहकारी महासंघले सहकारी

सहकारी व्यवशाय सदस्यको आवश्यकतामा आधारित व्यवशाय हो । यो समुदायमा आधारित हुन्छ । यो सदस्यको आर्थिक तथा सामाजिक हित गर्ने उद्येश्यले सञ्चालन गरिएको हुन्छ । त्यसैले यसको किसिम वा प्रकार पनि सोही अनुरुप भिन्न हुन्छ ।अन्य व्यवशाय जस्तै सहकारी व्यवशाय गठन, सञ्चालन र नियन्त्रण गर्ने विधि तथा तौरतरिकाहरु पनि भिन्न हुन्छन्। यस्ता तरिका वा विधि अन्तर्राष्ट्रिय मूल्य मान्यता, प्रचलन र मुलुकको निश्चित कानूनबाट निश्चित गरिएको हुन्छ ।सहकारी मूल्य मान्यता, सिध्दान्त, सहकारी ऐन तथा नियमावली, सहकारी संस्थाको विनियम र यससँग सम्बन्धित अन्य कानूनहरु सहकारी व्यवशाय सञ्चालन गर्ने मुख्य आधार हुन् । सहकारीका मूल्य, मान्यता र सिध्दान्तले सहकारीलाई अन्य व्यवशाय भन्दा फरक व्यवशायका रुपमा स्थापित गर्दछन् । सहकारी व्यवशायका अन्य व्यवशायभन्दा भिन्न र मौलिक गुण वा विशेषताहरु हुन्छन्, जसका कारण यो अरु व्यवशाय भन्दा फरक वा भिन्न हुन्छ । सहकारी व्यवशाय अन्तर्राष्ट्रिय सहकारी महासंघबाट प्रतिपादित दशवटा मूल्यहरु र सातवटा सिध्दान्तहरुका आधारमा गठन, सञ्चालन र नियन्त्रण हुन्छ । तर यी मूल्य र सिध्दान्तहरुको पालना भएन भने सहकारी संस्था अन्य व्यवशायको प्रकृति भन्दा फरक हुनसक्दैन । सहकारीका मूल्य मान्यता र सिध्दान्तको अनुसरण नगर्ने सहकारी छद्म सहकारी हुन् ।
सहकारी संस्थाको लेखा परीक्षण गर्दा संस्थाको हरेक वर्ष साधारण सभा हुने गरे नगरेको, भएकोमा लोकतान्त्रिक विधिको अनुसरण गरे नगरेको, सदस्यता खुला तथा स्वेच्छिक रहे नरहेको लगायतका विषय समेत अध्ययन विश्लेषण गर्नु पर्दछ । वित्तीय लेखापरीक्षणले मात्र सहकारी संस्थाको वित्तीय सुरक्षणको यथार्थ अवस्थाको चित्रण हुन सक्दैन ।

 

सहकारी संस्थामा कोष व्यवस्था र लेखापरीक्षण

सहकारी संस्थामा लेखापरीक्षण गर्दा प्रचलित कानूनले व्यवस्था गरेका विभिन्न कोषहरु, कोषहरुमा रकम व्यवस्था,कोषहरुको उद्येश्य अनुरुप रकम परिचालन र यस सम्बन्धी नियमको पालना भए नभएको अध्ययन गरी राय दिनुपर्दछ । सहकारी संस्थाको आर्थिक वर्षको खुद बचत रकमबाट कम्तिमा पच्चीस प्रतिशत रकम सहकारी ऐन, २०७४को दफा ६८ बमोजिम जगेडा कोषमा जम्मा गरी बाँकी रहेको रकमलाई शत प्रतिशत मानी सोबाट कम्तिमापच्चीस प्रतिशत रकम सहकारी ऐन, २०७४ को दफा ६९ बमोजिमको संरक्षित पूँजी फिर्ता कोषमा र सून्य दशमलवपाँच प्रतिशतले हुन आउने रकम सोही ऐनको दफा ७० बमोजिमको सहकारी प्रवर्ध्दन कोषमा छुट्याएर बाँकी रहेकोरकमलाई शतप्रतिशत मानी देहायबमोजिमका कोषहरुमा कम्तिमा पाँच प्रतिशतका दरले छुट्याई बितरण गर्नुपर्दछ ।

 

जगेडा कोषस्

सहकारी संस्थाले यस कोषका लागि आर्थिक वर्षको खुद बचत ९ल्भत क्गचउगिक० को कम्तिमा २५ प्रतिशत रकम छुट्याए वा नछुट्याएकोस सरकार, कुनै निकाय, व्यक्ति वा संघ संस्थाले पूँजीगत अनुदानका रुपमा संस्थालाई उपलव्ध गराएको रकम वा त्यसरी अनुदान स्वरुप दिइएको सबै प्रकारका सम्पत्तिको मूल्य वापतको रकम यस कोषमा अभिलेख गरे नगरेकोस स्थिर सम्पत्ति बिक्रीबाट प्राप्त रकम ९किताबी मूल्य० यस कोषमा अभिलेख गरे नगरेको लगायतका विषय परीक्षण गर्नु पर्दछ ।

 

संरक्षित पूँजी फिर्ता कोषस्

आर्थिक वर्षको खुद बचत रकमबाट कम्तिमा पच्चीस प्रतिशत रकम सहकारी ऐन, २०७४ को दफा ६८ बमोजिम जगेडा कोषमा जम्मा गरी बाँकी रहेको रकमलाई शत प्रतिशत मानी सोबाट कम्तिमा पच्चीस प्रतिशत रकम दफा ६९ बमोजिमको संरक्षित पूँजी फिर्ता कोषमा जम्मा गर्नु पर्दछ । सदस्यले संस्थासँग गरेको वार्षिक कारोबारका आधारमा यस कोषबाट सम्बन्धित सदस्यहरुलाई रकम उपलब्ध गराउनु पर्दछ ।यस कोष अनुसार सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता नगरिएमा वा रकम उपलब्ध नगराइएमा सहकारी संस्था र
अन्य व्यवशायबीच कुनै फरक हुँदैन । यस कोषले संस्थामा कारोबार गर्ने सदस्यहरुको परिश्रमको फल वा पसिनाको प्रतिफल उनीहरुले संस्थालाई पुर्याएको योगदानका आधारमा उनीहरुलाई नै फिर्ता हुने व्यवस्था गर्दछ । यसले एउटा सदस्यले गरेको परिश्रमको फल अर्को सदस्यले लिनु हुँदैन भन्ने शोषणविहिनताको मान्यतालाई आत्मसात् गर्दछ । तर यो व्यवस्था कतिपय सहकारी संस्थामा अझै लागू गरेको देखिंदैन । कानूनको परिपालना गर्न गराउन आवश्यक देखिन्छ । संस्थामा शेयर खरीद गर्ने र कुनै कारोबार नगर्ने वा अन्य उद्येश्यले सदस्य बनी नाम मात्रकोकारोबार गर्ने सदस्यलाई उसको शेयर पूँजीबापतको लाभांश मात्र पाउने अवस्था रहन्छ ।

 

सहकारी प्रवर्ध्दन कोष

यस कोषमा संस्थाको आर्थिक वर्षको खुद बचत रकमबाट कम्तिमा पच्चीस प्रतिशत रकम सहकारी ऐन, २०७४ को दफा ६८ बमोजिम जगेडा कोषमा जम्मा गरी बाँकी रहेको रकमलाई शत प्रतिशत मानी सोबाट सून्य दशमलव पाँच प्रतिशतले हुन आउने रकम दफा ७० बमोजिमको सहकारी प्रवर्ध्दन कोषमा छुट्याउनु पर्दछ ।यस कोषबाट सहकारी क्षेत्रको प्रवर्धन तथा अनुगमनका लागि राष्ट्रिय सहकारी महासंघलाई जम्मा स्रोतको ३० प्रतिशत, वर्गीकृत तथा केन्द्रीय विषयगत सहकारी संघहरुलाई जम्मा स्रोतको २५ प्रतिशत, प्रदेश सहकारी संघहरुलाई जम्मा स्रोतको १० प्रतिशत, प्रदेश विषयगत सहकारी संघहरुलाई जम्मा स्रोतको १० प्रतिशत, जिल्ला सहकारी संघहरुलाई जम्मा स्रोतको १५ प्रतिशत र जिल्ला विषयगत सहकारी संघहरुलाई जम्मा स्रोतको १० प्रतिशतका दरले प्राप्त प्रस्ताव समेतका आधारमा रकम उपलब्ध गराउने व्यवस्था छ । यसरी प्राप्त रकमको कम्तीमा पचहत्तर प्रतिशत रकम सहकारी व्यवसायको पूर्वाधारमा लगानी गरी बाँकी रकम व्यवसाय प्रवर्द्धन, शिक्षा, सूचना र तालीम, बजार प्रवर्द्धन, संस्था वा सङ्घको अनुगमन लगायतका कार्यमा खर्च गर्नु पर्ने व्यवस्था रहेको छ ।

 

सहकारी शिक्षा कोषस्

सहकारीमा शिक्षा, तालिम र सूचनालाई महत्वपूर्णरुपले हेरिन्छ । सहकारी सिध्दान्तहरुको पाँचौं सिध्दान्त नै
शिक्षा, तालिम र सूचना हो । यो पाँचौं सिध्दान्तलाई अन्य सिध्दान्तहरुको जननी मानिन्छ । मानिसको समृध्दिको आधार नै चेतना वा ज्ञान हो, यो शिक्षा, तालिम र सूचनाबाटै प्राप्त हुने भएकाले सहकारी संस्थाहरुमा सञ्चालक पदाधिकारीहरु, सदस्यहरु, कर्मचारीहरु लगायत समुदायका लागि सहकारी शिक्षा तथा तालिम प्रदान गर्नु पर्ने मान्यता राखिएको पाइन्छ । शिक्षा, तालिम र सूचना नै परिवर्तनको प्रमुख आधार हो । सञ्चालकहरुलाई योजना तथा नीति तथा रणनीति तर्जुमा, नेतृत्व विकास, उत्प्रेरणा, व्यवस्थापन सम्बन्धी विषयका तालिम दिने, कर्मचारीहरुलाई कार्यालय सञ्चालन र लेखा, व्यवस्थापकीय सीप, सदस्य सेवा परिचालन, उत्पादन, प्रशोधन,बजारीकरण लगायतका आवश्यक विषयमा तालिम प्रदान गर्ने, सदस्यहरुलाई सीप विकास, दक्षता अभिबृध्दि, सहकारी सचेतना, व्यवशायिक परियोजना तर्जुमा तथा सञ्चालन लगायतका विषयमा तालिम प्रदान गर्ने तथा सर्वसाधारणका लागि सहकारीको महत्व तथा फाइदा समेतका अन्य समुदायलाई आवश्यक र उपयोगी विषयका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्दछ । संस्थाले गरेका निर्णय, काम कारबाहीहरु र सदस्यहरुका समस्या तथा असल अभ्यासका सम्बन्धमा समेत सदस्य र संस्थाबीच तथा अन्य विभिन्न स्तरका सहकारी सञ्जाल र मदतगारी संघ संस्थाबीच सूचना आदान प्रदान गर्नु पर्दछ ।

 

 

शेयर लाभांश कोषस्

सहकारी संस्थामा सदस्यले संस्थामा शेयर खरीदमा गरेको लगानीको प्रतिफल स्वरुप लाभांश लिन सकिने व्यवस्था हुन्छ । सहकारी संस्थाले मुलुकको सम्बन्धित आर्थिक वर्षको मुद्रास्फिति र खुला बजारमा लगानी गर्दा प्राप्त गर्न सकिने प्रतिफल भन्दा कम नहुने गरी सदस्यहरुको शेयर लगानीमा प्रतिफल दिने क्षमता राख्नु पर्दछ । सहकारी ऐन, २०७४ ले यस प्रकारको शेयर लाभांश सम्बन्धित आर्थिक वर्षको सदस्यहरुको शेयरपूँजीको बढीमा १८ प्रतिशत सम्म बितरण गर्न सकिने व्यवस्था रहेको पाइन्छ ।

 

कर्मचारी वोनस कोषस्

कर्मचारीहरुलाई उनीहरुको बढीमा तीन महिना सम्मको तलब बराबरको रकम वोनस वापत प्रदान गर्न सकिन्छ ।
यस वाहेक सहकारी संस्थामा देहायका कोषहरु रहन्छन्, जसमा माथि सम्बन्धित कोषको शीर्षक अन्तर्गत उल्लेखभए बमोजिम सम्बन्धित आर्थिक वर्षको शुध्द बचत रकमबाट जगेडा कोष, संरक्षित पूँजीकोष, र सहकारी प्रवर्ध्दन कोषको व्यवस्था पछि बाँकी रहेको रकमलाई शतप्रतिशत मानी सो बाट बाँकी सबै कोषहरुमा रकम छुट्याउनु पर्दछ। यसरी रकम छुट्याउँदा एउटा कोषमा कम्तिमा ५ प्रतिशतका दरले छुट्याउने व्यवस्था मिलाउनु पर्दछ । यी कोषहरुको उपयोग संस्थाको विनियममा उल्लेख भए बमोजिम हुने व्यवस्था रहेको छ । माथि उल्लिखित बाहेक सहकारी संस्थामा देहायका कोषहरु समेत रहन्छनस्

     सहकारी विकास कोष
      घाटापूर्ति कोष
       सामुदायिक विकास कोष
      स्थिरिकरण कोष
      अन्य जोखिम व्यवस्थापन कोष

सहकारीमा प्रचलित लेखा प्रणाली र हिसाब संकेत नंबर

सहकारी लेखा प्रणाली नेपालका सहकारी संघ संस्थाहरुमा प्रचिलत लेखा प्रणालीहो । यो दोहोरो लेखा प्रणाली को सिध्दान्मा आधारित छ । दोहोरो लेखा प्रणाली अन्तर्राष्ट्रिय मान्यता प्राप्त लेखा प्रणाली हो । यस प्रणालीले प्रत्येक आर्थिक कारोबारका दुई पक्षहरु हुन्छन् र यी दुबै पक्षहरुलाई समेटी लेखा राख्नु पर्छ भन्ने मान्यता राख्दछ । नेपालमा सहकारी संघ संस्थाहरुको स्थापना पश्चात् सहकारी क्षेत्रमा समेत दोहोरो लेखा प्रणालीको अबलम्बन गरी आर्थिक कारोबारको अभिलेख गर्ने गरिएको पाइन्छ । सहकारी क्षेत्रमा प्रशिक्षण कार्यक्रममार्फत क्षमता अभिबृध्दि गर्ने उद्येश्यले वि।सं। २०१९ मा नेपाल सरकारबाट सहकारी प्रशिक्षण केन्द्रको स्थापना भएको थियो । यस केन्द्रबाट सहकारी व्यवस्थापनका विविध विषयको प्रशिक्षण कार्यक्रम सञ्चालनका साथै सबै सहकारी संघ संस्थाहरुमा राखिने लेखा पध्दतिमा एकरुपता र सरलता ल्याउन लेखापालन सम्बन्धी विषयको समेत पाठ्यक्रम, पाठ्यपुस्तक तयारी तथा परिमार्जन लगायत प्रशिक्षण सामाग्री तथा विधिहरुको विकास र सो अनुरुप शिक्षण सिकाई क्रियाकलापहरु सञ्चालन गर्दै आएको पाइन्छ ।
हाल नेपाल सरकारले लागू गरिरहेको सहकारी तथा गरिवी व्यवस्थापन सूचना प्रणालीमा समेत लेखापालन सम्बन्धी डाटावेश समावेश छ । यस प्रणालीबाट समेत आधुनिक दोहोरो लेखाप्रणालीका सिध्दान्त बमोजिम सहकारी लेखा प्रणालीलाई सफ्टवेयरको माध्यमबाट प्रयोगमा ल्याउने कामभइरहेको पाइन्छ ।

 

सहकारी संघ संस्थामा राखिने आर्थिक कारोवारहरुको लेखामा एकरुपता ल्याउन, एकीकृत लेखा
बिबरण तयार गर्न, लेखा पध्दतिमा सरलता कायम गर्न र थोरै समयमा धेरै कारोबारहरुको लेखा राख्न
आर्थिक कारोवारहरुलाई वर्गीकरण गरी निश्चित संख्या वा कोड नंबर दिइएको हुन्छ, जसलाई सहकारी
हिसाब संकेत नंबर भनिन्छ । संक्षेपमा यस्तो संकेत नंबर कारोबार अनुसारका हरेक खाताहरुको
संक्षिप्त कोड नंबर हो ।

 

यस्तो हिसाब संकेत नंबर गोश्वारा भौचरको तयारी देखिनै प्रयोग गरिन्छ । सहकारी लेखा प्रणालीमा
आर्थिक कारोवारहरुलाई हिसाब नं। १० देखि १७० सम्मका विभिन्न खाता शीर्षकहरुमा उल्लेख गरी
सहकारी हिसाव संकेत नंवर कायम गरिएको पाइन्छ । सहकारी हिसाब नंबर १० देखि ७० सम्मका
आर्थिक कारोबारहरु दायित्वहरु हुन् । यी कारोबारहरु दायित्व खाता अन्तर्गत पर्दछन् । हिसाब नंबर
८० देखि १४० सम्मका कारोबार सम्पत्तिहरु हुन् । यी कारोबारहरु सम्पत्ति खाता अन्तर्गत पर्दछन् ।
त्यसैगरी हिसाब नंबर १५० र सो अन्तर्गतका सबै कारोबार सामान खरीद र खर्चहरु हुन् । साथै
हिसाब नंबर १६० र सो अन्तर्गतका सबै कारोबार सामान बिक्री र आम्दानीहरु हुन् । यही चार मुख्य
खाताहरु, यस अन्तर्गतका खाता तथा सहायक खाताहरुका आधारमा गोश्वारा भौचर तयारी देखि
खाता प्रविष्टि, मिलाउनु पर्ने प्रविष्टि, खाताबन्दी, हिसाब परीक्षा सूची लगायत अन्तिम खाताहरुको
तयारी गरिन्छ । सहायक खाताहरुको मदतबाट आवश्यक लेखा अनुसूचीहरु तयार गरिन्छ ।

 

 

सहकारी संस्थामा लेखापरीक्षण विधि

लेखापरीक्षणका लागि योजनाबध्द प्रकृयाको अवलम्बन र उपयुक्त विधिको छनौटले लेखापरीक्षण कार्यमा
दक्षता र प्रभावकारिता ल्याउँदछ । यसबाट कम समयमै धेरै र महत्वपूर्ण सूचनाहरु प्राप्त गर्न सकिन्छ । सहकारी
संस्थाको लेखापरीक्षण गर्दा देहायबमोजिमका विधिहरु अवलम्बन गर्न उपयुक्त हुन्छस्
संस्थाको आर्थिक कारोबार र सो को प्रमाणहरु हेर्ने वा रुजु गर्नेस्
लेखा परीक्षण गर्दा सहकारी ऐन, सहकारी नियमावली, समय समयमा सहकारी विभाग र सम्बन्धित
संस्थाको दर्ता र नियमनको क्षेत्राधिकार भएका निकायले जारी गरेका निर्देशन–खासगरी लेखापालन र
लेखापरीक्षणसँग सम्बन्धित निर्देशन, निर्देशिका तथा मापदण्ड, संस्थाको विनियम, साधारण सभा तथा
सञ्चालक समितिका निर्णय, कर्मचारी प्रशासन तथा आर्थिक प्रशासन सम्बन्धी विनियम, आदिको अध्ययन
गर्नु पर्दछ । आर्थिक कारोबारहरुको परीक्षण गर्दा स्वविवेकको प्रयोग गरी कारोबारको गाम्भिर्यता र
प्रभावका आधारमा गोश्वारा भैचर र सो मा संलग्न प्रमाणहरुको रुजु गर्नु पर्दछ ।

 

संस्थाको विभिन्न प्रकारका सम्पत्तिको भौतिक परीक्षण गर्ने
सहकारी संस्थाले संस्थाको प्रकृति अनुसार आफ्नो वित्तीय स्रोतको ठूलो हिस्सा विभिन्न प्रकारका सम्पत्ति
साधनमा उपयोग गरेका हुन्छन् । उत्पादक सहकारी संस्थामा जग्गा, भवन, कारखाना, गोदाम, मेशिन तथा
उपकरण, ढुवानी साधन यसका केही उदाहरणहरु हुन् भने बचत तथा ऋणको कारोबार गर्ने सहकारी
संस्थामा बचत संकलन र ऋण लगानीका क्षेत्र प्रमुख हुन् । तसर्थ संस्थाको कार्य प्रकृति हेरी वित्तीय साधन
बढी परिचालित हुने क्षेत्रलाई भौतिक परीक्षणको सीमा भित्र राख्न उपयुक्त हुन्छ । खासगरी नगद, बैंक
स्टेटमेन्ट, चेक बुक, विभिन्न प्रकारका भौतिक सम्पत्तिहरु, स्टक, लाइभ कारोबार भौतिक परीक्षण गरिने
प्रमुख विषयहरु हुन् । नगदको परीक्षण गर्दा दिनभर अघिल्लो दिनको बाँकी मौज्दातमा त्यस दिनमा
काटिएको नगदी रसीदबाट प्राप्त नगद रकम ९ डेबुक०, सामान बिक्रीबाट प्राप्त नगद रकम, ऋणको साँबा
व्याजवापतको नगद रकम, सापटी,पेश्की, धरौटी वा अन्य विभिन्न कारोबारबाट प्राप्त भएको र बैक
चेकबाट झिकिएको नगद रकम समेत गरी नगद हिसाब खाताले देखाएको कुल नगद जम्मा र भौतिक
परीक्षण गर्दा देखिएको नगद जम्मा भिडाउनु पर्दछ । खाली चेकमा सही भए नभएको र गोश्वारा भौचर
स्वीकृत नगरी चेक काटे नकाटेको समेत हेर्नु पर्दछ । भौतिक लेखापरीक्षण गर्दा सम्पत्ती सामानको
सम्बन्धित खाताहरुमा प्रविष्टी गरे नगरेको तथा सो को पर्याप्त संरक्षण र उपयोग भए नभएको,
प्रयोगविहिन भई अनावश्यक रुपमा सम्पत्तिको मूल्य बढाउने गरी सम्पत्ति खातामा देखिएको हो होइन,
नियमित मर्मत, संभार, लिलामी, अपलेखन, ह्रास व्यवस्था भएको छ छैन, भौतिक परीक्षणमा देखा परे
नपरेको, कसैलाई अनौपचारिक तवरले प्रयोग गर्न दिए नदिएको लगायतका विषयहरु भौतिक
सम्पत्तिहरुको परीक्षण गर्द हेर्नु पर्दछ । उत्पादक र उपभोक्ता सहकारी संस्थाहरुमा स्टक सामानमा संस्थाको
ठूलो रकम लगानी भएको हुने हुँदा स्टक रजिष्टर र दैनिक उपयोग वा बिक्री खाता भिडाई हेर्नु पर्दछ । साथै
सो अनुसार जिन्सी स्टोरमा पनि अवलोकन गर्नु पर्दछ । यस सम्बन्धमा जिन्सी व्यवस्थापनका हरेक पक्षहरु
९ जिन्सी सामानको मूल्याँकन विधि, सामानको प्रकृति अनुसार सुरक्षित, पर्याप्त र उपयुक्त भण्डारण
व्यवस्था, जिन्सी सामानको अभिलेख व्यवस्था, जिन्सी निरीक्षण तथा नियन्त्रण विधि, मौज्दात
व्यवस्थापन, बिक्री बितरण व्यवस्था, आदि ० को शुक्ष्म अध्ययन गर्न आवश्यक हुन्छ । यसबाट सही स्टक
यकिन गर्न मदत पुग्दछ ।

 

सम्बन्धित पदाधिकारी, सदस्य,कर्मचारी वा सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्ने स्
लेखापरीक्षकले कुनै वा जटिल कारोबारका सम्बन्धमा थप जानकारी वा सूचना लिन पर्ने आवश्यक ठानेमा
सम्बन्धित पदाधिकारी, सदस्य, कर्मचारी वा व्यक्तिलाई सोधपुछ गरी विस्तृतरुपमा जानकारी लिनु पर्दछ ।

 

गणना गर्नेस्

लेखापरीक्षकले लेखापरीक्षणको सन्दर्भमा संस्थाको भुक्तानी दिनु पर्ने रकम, पाउनु पर्ने रकम, कर
दायित्वसँग सम्बन्धी रकम, सम्पत्ति सामनमा ह्रासकट्टी दर र रकम, तलबमा करकट्टी हिसाब, अनुसूचीमा
उल्लेखित बिबरणहरु, आदिको समेत गणना गर्नु पर्दछ ।

विस्तृत सर्भेक्षण गर्नेस्

सहकारी संस्थाले गरेको ठूलो रकमको ऋण लगानी, मेशिन तथा उपकरण खरीद, जग्गा, भवन, कारखाना
तथा गोदामघर खरीद तथा निर्माण, अन्य निर्माण कार्य, सम्पत्ति बिक्री वा लिजमा प्रदान, कार्यक्रम खर्च,
आदि कार्यसँग सम्बन्धित लेखासम्बन्धी कागजातहरुको विस्तृत अध्ययन गर्नु पर्दछ ।

तेस्रो पक्षबाट कन्फर्मेशन लिनेस्

संस्थाको बैक मौज्दातका सम्बन्धमा सम्बन्धित बैकबाट प्राप्त बिबरण वा प्रमाणपत्र, ठूलो परिमाणको उठ्न
बाँकी ऋण, ठूलो परिमाणको खरीद र बिक्री, ठूलो रकमसँग सम्बन्धित लिनुदिनु पर्ने रकमको यकिन
लगायत महत्वपूर्ण र आवश्यक ठानेका विषयमा सम्बन्धित तेस्रो पक्षबाट समेत सूचना तथा जानकारी लिनु
पर्दछ ।

तुलना गर्नेस्

लेखापरीक्षणको सिलसिलामा संस्थाका उस्तै प्रकारका कारोबारका आँकडाहरुलाई गत वर्षको आँकडा,
बजारको औषत आँकडा, आदिसँग तुलना गरी थप सूचना प्राप्त गर्न वा जोखिमको अवस्था अनुमान गर्न
सकिन्छ ।

 

परिणामको मूल्यांकन गर्नेस्

यसबाट अनुमानित परिणामलाई वास्तविकरुपमा पाइएको परिमाणसँग तुलना गरी अध्ययन गर्न सकिन्छ
यसबाट संख्यात्मक र गुणात्मक परिणामको मूल्याङ्कन पनि गर्न सकिन्छ । वित्तिय कारोबार गर्ने सहकारी
संस्थाहरुमा अन्य वित्तिय बिबरणहरुको अलावा पल्र्स अनुगमनका सूचकहरु समेत लेखापरीक्षण
प्रतिवेदनमा समेटिएको हुन्छ । यसबाट त्यस्तो संस्थाको परिमाणगत लगायत गुणात्मक अवस्था वा
संस्थाको परिणामजन्य अवस्थालाई मूल्याकन गर्न सकिन्छ ।

 

सहकारी संघ संस्थाको लेखापरीक्षण सम्बन्धमा कानूनी व्यवस्था

१। सहकारी ऐन, २०७४ भएको व्यवस्थास्

सहकारी ऐन बमोजिम सहकारी संस्थाको कारोबारको लेखा दोहोरो लेखा प्रणालीमा आधारित हुनु पर्ने व्यवस्था छ। साथै कारोबारको यथार्थ स्थिति स्पष्ट रुपमा देखिने गरी प्रचलित कानून बमोजिम अधिकार प्राप्त निकायले लागूगरेको लेखामान र सहकारी ऐन बमोजिम पालना गर्नु पर्ने अन्य शर्त तथा व्यवस्था
बमोजिम लेखा राख्नु पर्दछ । साथै सहकारी संस्थाले प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण सो आर्थिक वर्ष समाप्तभएको मितिले तीन महिना भित्र प्रचलित कानून बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट गराउनु पर्दछ । तर कुनै सहकारी संस्थाले सो अवधि भित्र लेखापरीक्षण नगराएमा सहकारी विभागले इजाजत प्राप्त लेखापरीक्षकबाट लेखापरीक्षण गराउन सक्ने व्यवस्था छ । यसरी विभागले लेखापरीक्षण गराएको अवस्थामा लेखापरीक्षकको पारिश्रमिक लगायतको खर्च सम्बन्धित संस्थाले व्यहोर्नु पर्ने कानूनी व्यवस्था उल्लेख भएको पाइन्छ । यसका साथै संस्थाको लेखा परीक्षण प्रतिवेदन साधारण सभामा पेश गरी अनुमोदन गराउनु पर्ने व्यवस्था रहेको छ । तर साधारण सभाबाट उक्त प्रतिवेदन अनुमोदन हुन नसकेमा पुन लेखापरीक्षणका लागि साधारणसभाबाट अर्को लेखापरीक्षक नियुक्त गर्नु पर्ने कानुनी व्यवस्था रहेको छ । इजाजत प्राप्त लेखापरीक्षकबाट साधारणसभाले एक जना लेखापरीक्षक नियुक्त गर्नु पर्ने र निजको पारिश्रमिक समेत तोक्नु पर्ने कानूनी व्यवस्था समेत ऐनमा उल्लेख भएको छ । तर एउटै लेखापरीक्षकलाई लगातार तीन आर्थिक वर्ष भन्दा बढी हुने गरी नियुक्त गर्न भने सकिंदैन । साथै ऐनले देहायको व्यक्ति लेखापरीक्षकको रुपमा नियुक्त हुन नसक्ने व्यवस्था गरेको छ |

ड्ड सहकारी संस्थाको सञ्चालक, सम्बन्धित सहकारी संस्थाको सदस्य, सहकारी संस्थाको नियमित पारिश्रमिक पाउनेगरी नियुक्त सल्लाहकार वा कर्मचारी,
ड्ड लेखापरीक्षणसम्बन्धी कसूरमा सजाय पाएको तीन वर्षको अवधि भुक्तान नभएको, दामासाहीमा परेको, भ्रष्टाचार, ठगी वा नैतिक पतन हुने अन्य फौजदारी कसूरमा सजाँय पाएको पाँच वर्ष भुक्तान नभएको,
ड्ड तत्काल अगाडि सोही सस्थाको लगातार तीन आर्थिक वर्षको लेखापरीक्षण गरेको व्यक्ति, फर्म वा
ड्ड कंपनी, सम्बन्धित सहकारी संस्था वा सङ्घसँग स्वार्थ वाझिएको व्यक्ति लेखापरीक्षकमा नियुक्ति वा नियुक्ति भएको भए सो पदमा बहाल रहन नसक्ने व्यवस्था समेत रहेको छ ।

लेखापरीक्षकले यी माथिका कुनै पनि कारणबाट आँफू अयोग्य नभएको व्यहोरा लिखितरुपमा सहकारी संस्थालाई दिनु पर्दछ । साथै यी नियमहरुको प्रतिकूल नियुक्त भई
गरेको लेखापरीक्षण मान्य नहुने व्यवस्था समेत यस ऐनले गरेको छ ।

२। सहकारी नियमावली, २०७५ मा भएको व्यवस्थास्

 

सहकारीमा उल्लेखित विभिन्न कोष सम्बन्धी व्यवस्थाका शर्तहरु र सो को परिपालनाको अवस्था समेत लेखा
परीक्षकले लेखापरीक्षणको सिलसिलामा अध्ययन गरी राय लेख्नु पर्दछ । जगेडा कोष सम्बन्धी व्यवस्था, संरक्षित पूँजी फिर्ताकोष सम्बन्धी व्यवस्था, सहकारी प्रवर्धन कोष सम्बन्धी व्यवस्था, सहकारी शिक्षा कोष, शेयर लाभांश कोष, कर्मचारी बोनस कोष, सहकारी विकास कोष, घाटापूर्ति कोष, सामुदायिक विकास कोष, स्थिरिकरण कोष,अन्य जोखिम व्यवस्थापन कोष, आदिको व्यवस्था र परिचालन सम्बन्धमा जानकारी हुन आवश्यक हुन्छ । सहकारीसंस्थाले आफ्नो कार्य सञ्चालनको अभिलेखका साथै आँफूले गरेको कारोबारको लेखा विभागले तोकेको तरिका वा ढाँचामा समेत राख्नु पर्ने व्यवस्था समेत सहकारी नियमावलीले गरेको छ । यसप्रकार अभिलेखीकरण गर्दा वा लेखापालन गर्दा अन्य कुराका अतिरिक्त देहायका किताब, खाताबही तथा बिबरणहरु समेत राख्नु पर्दछ ।

ड्ड सदस्यता दर्ता किताब,
ड्ड प्रारम्भिक साधारण सभा, साधारण सभा वा विशेष साधारण सभा र समिति, लेखा सुपरीवेक्षण समिति,
ड्ड उपसमितिका बैठकहरुको छुट्टाछुट्टै कारबाही किताब,
ड्ड नगदी बही,
ड्ड सहकारी संस्थाले अन्य कुनै व्यक्ति वा संस्था वा सङ्घ वा नियकासँग कुनै कारोबार गरेको भए त्यस्तो कारोबारदेखाउने दर्ता किताब,
ड्ड शेयर दर्ता किताब,
ड्ड मालसामानको मौज्दात ९स्टक० दर्ता किताब,
ड्ड ऋण लेनदेन दर्ता किताब,
ड्ड बेरुजु एवम् सम्परिक्षण खाता,
ड्ड आम्दानी, खर्च, सम्पत्ति र दायित्वसम्बन्धी अलग अलग खाता तथा सहायक खाताहरु,
ड्ड हिसाब परीक्षण सूची, आयव्यय र स्थिति बिबरण पत्र,
ड्ड समय समयमा विभागले तोकिदिएको अन्य अभिलेख एवं खाताहरु,
यस अतिरिक्त पाँच करोड रुपयाँ भन्दा बढी जायजेथा भएको सहकारी संस्थाले विभागले तोकेबमोजिमका शर्तहरु भएको एप्लिकेशन सफ्टवेयर प्रणालीमा समेत व्यवस्थित तवरले अभिलेख राख्नु पर्ने व्यवस्था छ । साथै सहकारी संस्थाले संस्थागत तथा व्यवशायिक कारोबारको बिबरण विभागले तोकेको व्यवस्थापन सूचना प्रणालीम समेत प्रविष्टी गर्नु पर्दछ । सहकारी संस्थाले आधारभूत अभिलेख तथा हिसाब किताब पृष्ठ सुरक्षा व्यवस्था सहित संरक्षण गर्नु पर्दछ । लेखापरीक्षकले लेखापरीक्षणको सिलसिलामा संस्थाले यी विषयहरुको पालना गरे नगरेको समेत अध्ययन गरी राय व्यक्त गर्नु पर्दछ ।

 

३। सहकारी संस्थाको लेखापरीक्षण निर्देशिका, २०७५ मा भएको व्यवस्थास्

सहकारी ऐन, २०७४ मा भएको व्यवस्था बमोजिम सहकारी संस्थाहरुको लेखापरीक्षण गर्ने गराउने कार्यलाई
सुव्यवस्थित गर्न नेपाल सरकार ९मन्त्रीस्तर० बाट मिति २०७५ भाद्र ७ गते यस निर्देशिका स्वीकृत भई लागू भएकोदेखिन्छ । यस निर्दशिकाले लेखापरीक्षण सम्बन्धमा गरेका केही महत्वपूर्ण व्यवस्थाहरु देहायबमोजिम रहेको पाइन्छस्
ड्ड संस्थाले रीतपूर्वक लेखापरीक्षक नियुक्त गर्नु पर्ने । लेखापरीक्षक नियुक्त गरेको तीन दिन भित्र तोकिएका कागजात सहित त्यसको जानकारी नियामक निकायलाई दिनुपर्ने ।
ड्ड यसमा सहकारी संस्थाको कार्यक्षेत्रका आधारमा नियामक निकायहरुको उल्लेख भएको छ । जसमा सङ्घीय सरकार र सो अन्तर्गतका निकायहरुको कार्यक्षेत्र भित्र पर्ने सहकारी संस्था, प्रदेश सरकार र सो अन्तर्गतका निकायहरुको कार्यक्षेत्र भित्र पर्ने सहकारी संस्था र स्थानीय तह र सो अन्तर्गतको निकायहरुको कार्यक्षेत्र भित्र पर्ने सहकारी संस्था पर्दछन् ।
ड्ड लेखापरीक्षकले लेखापरीक्षण गर्दा लेखापरीक्षण गरिने सहकारी संस्था एउटा स्थानीय तह भित्र मात्र कार्यक्षेत्र भएको सहकारी संस्था भएमा तीनबटै तहका सरकारहरुको सहकारी सम्बन्धी प्रचलित कानूनको अध्ययन गर्नआवश्यक हुन्छ,
ड्ड प्रदेश सरकारको कार्यक्षेत्र भित्र वा एउटै प्रदेश भित्रका एकभन्दा बढी स्थानीय तहहरु कार्यक्षेत्र भएको सहकारी संस्था भएमा संघ र प्रदेश सरकारका सम्बध्द सहकारी कानूनहरु र एकभन्दा बढी प्रदेश कार्यक्षेत्र भएका सहकारी संस्थाहरुका लागि संघीय सरकार सम्बध्द सहकारी कानूनहरुको समेत अध्ययन गर्न आवश्यक हुन्छ । यी कानून अनुरुप सहकारी संस्था सञ्चालन र आर्थिक कारोबार भए गरेको नदेखिएमा लेखापरीक्षण प्रतिवेदनमा यी विषयहरु प्रष्ट खुलाउनु पर्दछ ।
ड्ड नियामक निकायले आफ्नो नियमन क्षेत्राधिकार भित्रका सहकारी संस्थाहरुले प्रत्येक आर्थिक वर्ष लेखापरीक्षण गरे नगरेको, के कतिले लेखापरीक्षण गराएको र के कतिले लेखापरीक्षण नगराएको, लेखापरीक्षण गराउन नसकेका संस्थाहरुको संख्या, नाम, ठेगाना तथा गर्न नसक्नाको कारण र भए गरेको प्रयास, नियामक निकायले लेखापरीक्षक नियुक्त गरेकोमा त्यस्ता संस्थाको संख्या, नाम, ठेगाना सहितको तोकिएको बिबरण, आदि खुल्ने गरी लेखापरीक्षण भए नभएको अभिलेख राख्नु पर्दछ ।
ड्ड स्थानीय नियामक निकायले प्रादेशिक नियामक निकाय र विभागमा, प्रादेशिक नियामक निकायले विभागमा लेखापरीक्षण सम्बन्धी आ आफ्नो नियामक क्षेत्रभित्रका सहकारी संस्थाहरुको लेखापरीक्षण गरे नगरेको सम्बन्धी अद्यावधिक प्रतिवेदन तोकिएको ढाँचामा तयार गरी एकीकृत अभिलेखका लागि विभागमा समेत पठाउनु पर्दछ ।
ड्ड सहकारी संस्थाका सदस्यहरुको हितलाई ध्यानमा राखी स्वतन्त्र, निर्भिक एवं पेशागत अनुशासनका अधिनमा रही संस्थाको आर्थिक कारोबारहरुको नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारीता तथा औचित्यता समेतको जाँच गरी व्यवशायिक कारोबारबाट देखिएका परिणाम, जोखिम, जोखिमजन्य मानकहरुको पालनाको लेखाजोखा र विश्लेषण गरी संस्थाको स्थिति बिबरण पत्रले संस्थाको सम्पत्ति तथा दायित्वको वित्तिय अवस्थाको यथार्थ चित्रण गरे नगरेको निष्कर्ष सहित प्रतिवेदन दिने कर्तव्य लेखापरीक्षकको हुने व्यवस्था उल्लेख भएको छ ।
ड्ड सहकारी संस्थाको लेखापरीक्षकले लेखापरीक्षणका सर्वमान्य पेशागत मानक तथा समय समयमा प्रचलित कानूनबमोजिम जारी नेपाल लेखापरीक्षण मानदण्डहरु लगायतका पेशागत मानकको पालना गर्नु पर्दछ।

 

यसका अतिरिक्त सहकारी संस्थाको लेखापरीक्षण गर्दा देहायबमोजिम गर्नु पर्दछस्

 सहकारी सिध्दान्त , मूल्य मान्यतासम्मत काम कारोबार भए नभएको जाँच गर्ने,
 सहकारी ऐन, २०७४ को दफा ७४ बमोजिम लेखामान, खाता संरचना र शर्त व्यवस्था लागू गरे
 नगरेको जाँच गर्ने,
 ऐनको दफा ६८,६९,७० को व्यवस्था बमोजिमका कोषहरुमा आर्थिक वर्षको खुद बचत रकम जम्मा गरे नगरेको जाँच गर्ने, ऐन र प्रचलित कानूनमा आयकर छूटका सम्बन्धमा अलग अलग प्रावधानका कारण तिर्नुपर्ने आयकररकमको लेखांकनमा द्वीविधा रहकोमा सहकारी संस्थाले आर्थिक वर्षको आफ्नो खुद बचत रकमको हिसाबमा प्रचलित कानुनबमोजिम आयकरवापत तिर्नुपर्ने रकमको गणना गरी आयकरका लागि व्यवस्था गरेपछि ऐनले तोकेका कोषहरुमा रकम जम्मा गरेको भए लेखापरीक्षकले तत्सम्बन्धमा पछि निरुपण भए बमोजिम समायोजन गर्ने गरी हाल तदनुसार नै लेखापरीक्षण गरिदिनु पर्ने व्यवस्था छ ।

 

लेखापरीक्षकले लेखापरीक्षण सम्पन्न गरेको १५ दिन भित्र प्रारम्भिक प्रतिवेदन संस्थाको व्यवस्थापकीय प्रतिक्रियाका लागि पठाउनु पर्दछ । तर ५० करोड रुपयाँ भन्दा बढीको बचत परिचालन गरेको सहकारी संस्थाको हकमा प्रारम्भिक प्रतिवेदन नियामक निकायमा समेत पठाउनु पर्दछ । प्रारम्भिक प्रतिवेदन पठाएको ७ दिन भित्र व्यवस्थापकीय र नियामक प्रतिक्रिया प्राप्त भएकोमा उपयुक्त लागेको परिमार्जन सहित अर्को ७ दिनभित्र संस्थामा अन्तिम प्रतिवेदन पेश गर्नु पर्दछ । यसरी प्रतिवेदन प्राप्त भएपछि संस्थाले साधारण सभाबाट अनुमोदन भएको १५ दिन भित्र नियामक निकायमा पठाउनु पर्दछ । ५० करोड भन्दा बढी बचत संकलन गरेकोसहकारी संस्थाले यो प्रतिवेदन सम्बन्धित नियामक निकायमार्फत विभागमा समेत पठाउनु पर्दछ ।

 

लामो फाराम लेखापरीक्षण प्रतिवेदन तयारी तथा प्रस्तुतस्

पाँच करोड भन्दा बढी बचत संकलन गरेको सहकारी संस्थाको लेखापरीक्षकले वार्षिक लेखापरीक्षण
प्रतिवेदनका अतिरिक्त कार्यसञ्चालसम्बन्धी देहायका सरोकारमा ध्यान दिई अनुसूची बमोजिमको ढाँचामा
लामो फाराम लेखापरीक्षण प्रतिवेदन तयार गरी नियामक निकायमा पेश गर्नुपर्दछ, जसमा सदस्य केन्द्रियता, आन्तरिक नियन्त्रण, आय व्ययमा नियमितता, वित्तीय अवस्था, नियामकपरिपालना र खास लेखापरीक्षकीय विषयवस्तु रहेका छन्।
लामो फाराम लेखापरीक्षण प्रतिवेदन वार्षिक लेखा परीक्षण प्रतिवेदन भन्दा छुट्टैरुपमा तयार गर्नु पर्दछ । दुई
प्रतिवेदनमा दुईतर्फी क्रस रिफरेन्स राख्नु हुँदैन ।यो प्रतिवेदन वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश गरेको २१
दिन भित्र पेश गरिसक्नु पर्दछ । सहकारी संस्थाले अघिल्लो आर्थिक वर्षको वार्षिक लेखा परीक्षण प्रतिवेदन विना वार्षिक साधारण सभाबोलाउन हुँदैन । सहकारी संस्थाले वार्षिक प्रतिवेदनमा लेखा परीक्षण प्रतिवेदन समेत समावेश गरी प्रकाशनगर्नु पर्दछ । तर पाँच करोड भन्दा कम जायजात भएका संस्थाले नछपाएको भए सदस्यले मागेका वखतउपलब्ध गराउने व्यवस्था गर्न सक्ने । लेखापरीक्षकले इमान, वस्तुपरकता, निरन्तर प्रिशक्षा, मानकहरुको पालना, गोपनियता,पेशादर्शिता लगायत लेखापरीक्षकका सर्वमान्य आचार संहिताका साथै नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्थाबाट जारी आचारसंहिताको पालना गर्नु पर्दछ । लेखापरीक्षकले सहकारी संस्थाबाट लेखापरीक्षण कार्यका सिलसिलामा सहयोग नपाएको वा अभिलेखको अभाव वा अन्य किसिमको कठीनाईका कारण अपेक्षित विस्तृत प्रतिवेदन दिन नसकेको वा खास लेखापरिक्षकीय सरोकारको विषयवस्तुमा निष्कर्षमा पुग्न नसकेको भए प्रतिवेदनमा संक्षिप्त व्यहोरा सहितको खुलासा गर्नु पर्दछ ।

 

सहकारी संस्थाको लेखापरीक्षणसँग सम्बन्धित जोखिम तथा चुनौतिहरु

सहकारी क्षेत्रको यथेष्ट ज्ञान र अनुभव भएका लेखापरीक्षकको संख्या पर्याप्त देखिंदैन । पछिल्लो
समय वित्तीय कारोबार गर्ने सहकारी संस्थामा देखिएको बढ्दो जोखिमका कारण समेत सहकारी
क्षेत्रको लेखापरीक्षणका लागि उत्प्रेरणा कम भएको देखिन्छ । सहकारी संस्थाहरु अन्य व्यवशायिक
संस्था जस्तो मुनाफामा मात्र केन्द्रित हुने व्यवशायिक संस्था नभएकाले संस्थाको शुध्द बचतको अंश
पनि तुलनात्मकरुपमा कम हुने गरेको वित्तीय बिबरणहरुको अध्ययन अवलोकनबाट देखिएको छ ।

 

 

लेखापरीक्षणका सन्दर्भमा खासगरी देहायका चुनौतिहरु हाम्रो सामु विद्यमान छन्

ड्ड लेखापरीक्षणका सिलसिलामा हुने मानवीय गल्ती लाई कम गर्दै जानु,
ड्ड हेल्चक्राई गर्ने प्रवृत्तिलाई सच्याउनु,
ड्ड लेखापरीक्षण विधि र कानूनको परिपालनामा जोड दिनु,
ड्ड बढ्दो ठगी र जालझेलका घट्ना लाई दुरुत्साहन गर्नु,
ड्ड विधिगत जटिलता मा सुधार ल्याउनु,
ड्ड हतारमा लेखापरीक्षण गर्ने गराउने प्रवृत्तिलाई व्यवस्थित गराउनु,
ड्ड लेखापरीक्षकहरुको ज्ञान, सीप र क्षमता अभिबृध्दि गर्नु,
ड्ड लेखापरीक्षण कार्यलाई स्वतन्त्रतापूर्वक गर्न सक्ने वातावरण निर्माण गर्नु,
ड्ड सम्बन्धित सबैबाट आचार संहिताको पालना गर्नु गराउनु, आदि ।

 

निष्कर्षस्

लेखापरीक्षण कार्य महत्वपूर्ण र संवेदनशील कार्य हो । यसले संस्थाको विगत, वर्तमान र भविष्यको रुपरेखालाई उजागर गर्न मदत गर्दछ । गत आर्थिक वर्षमा गरे भएका कार्यहरु संस्थाको उद्येश्य एवं लक्ष्य बमोजिम सम्पन्न भए भएनन् र त्यसबाट वर्तमान वित्तीय सूचकाँकको अवस्थामा के कस्तो असर पर्न गयो, साथै त्यस्ता सूचकाँककोभविष्य प्रतिको झुकाव ९के कस्तो रहेको छ भन्ने कुराको सूचना सम्बन्धित संस्थाका सरोकारवालासामु प्रस्तुत गर्दछ । यसले संस्थामा आन्तरिक नियन्त्रण पध्दति, स्रोत साधनको मितव्ययी एवं दक्षतापूर्वक उपयोगको अवस्था, कानून तथा नीति नियमको परिपालनाको अवस्था, वित्तीय सुरक्षा, सुशासन, दिगोपना र उद्येश्यपरकताको अवस्थालाई प्रस्तुत गर्दछ । गुणस्तरिय लेखापालन नभई गुणस्तरिय लेखापरीक्षण हुन सक्दैन । यसका लागि दोहोरो लेखा प्रणालीकोसिध्दान्तको अनुसरण गरी लेखा राख्न आवश्यक हुन्छ । गुणस्तरिय लेखापालन तथा लेखापरीक्षण हुनका लागि संस्थाका उच्च पदाधिकारीहरुको दृष्टिकोण, जिम्मेवारी, संस्थागत क्षमता लगायत लेखापरीक्षकको ज्ञान, सीप, क्षमता र आचार संहिताको जरुरी पर्दछ । सहकारी संस्थाको गुणस्तरीय लेखापरीक्षणका क्रममा आउने जुनसुकै चुनौतिहरुलाई सहकारी विभाग लगायत नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था र सहकारी संघ संस्थाहरुको पहलमा सम्बोधन गर्दै जान आवश्यक देखिन्छ ।

 

everest Bank
Sharestha treating