नेपाली सेनाका सहायक रथी खड्का सैनिक हिरासतमा
वि.सं.२०८२ वैशाख ५ शुक्रवार
36.3K
shares
shares
काठमाडौं । कल्याणकारी कोषको रकम हिनामिना गरेको आरोपमा नेपाली सेनाका सहायक रथी रोशन खड्कालाई सैनिक हिरासतमा राखिएको छ ।कोषको सात करोड रुपैयाँ हिनामिनाको अनुसन्धानका लागि उनलाई बुधबार सैनिक हिरासतमा राखिएको हो ।
स्रोतका अनुसार कल्याणकारी कोषको रकम हिनामिना भएको विषयमा उनीसँग सोधपुछ भइरहेको छ ।कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बिमा शाखामा आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा अनियमितता विषयमा महासेनानी उत्तम सापकोटाको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ गठन गरेर छानबिन थालिएको थियो ।तर खड्कालाई सैनिक हिरासतमा राखिएको विषयमा सेनाले प्रस्ट पारेको छैन ।
Subscribe
0 Comments
Oldest































