योगेश भट्टराईलाई सौचालयमा थुनेर सुरक्षा
वि.सं.२०८२ वैशाख ६ शनिवार
shares
काठमाडौं।हिरक महोत्सवको अवसरमा आयोजितकार्यक्रममा सहभागी हुन शुक्रबार ताप्लेजुङकोफक्ताङलुङ गाउँपालिका-६ लेलेप पुगेका भट्टराईलाई ‘नो केबलकार समूह’ र’पहिचानवादी समूह’ले नाराबाजी गर्दै घेरा हालेपछि प्रहरीले शौचालयमा थुनेर सुरक्षा दिएकोहो ।
कार्यक्रम सम्पन्न भएर फर्कनै लाग्दा उनी शौचालय गएका थिए । भट्टराई भित्र छिर्नेबित्तिकै पहिचानवादी समूह र नो केवलकार समूहले शौचालय घेरेर नाराबाजी गरेलगत्तै परिचालन भएको प्रहरीले भट्टराईलाई सुरक्षा दिन उनी शौचालय भित्रै रहँदा बाहिरबाट चुकुल लगाइदिएको थियो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी रवि रावलले सुरक्षा दिनका लागि भट्टराई शौचालय भित्रै रहँदा केही बेर चुकुल लगाइएको बताए । उनले भने, ‘माननीयज्यू। शौचालय जाने बेलामा नाराबाजी भयो । हामीले सुरक्षा दिएका हौं । अरू केही होइन ।’
केहीबेरमा प्रहरीले परिस्थिति सामान्य बनाएपछि चुकुल खोलेर भट्टराईलाई बाहिर निकाली हेलिकप्टरसम्म पु¥याएर सुरक्षित काठमाडौं पठाएको थियो ।































