सुनको मूल्य बढ्यो
वि.सं.२०८२ वैशाख १६ मंगलवार
822
shares
shares
काठमाडौं । नेपाली बजारमा मंगलबार (वैशाख १६) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८८ हजार ८०० रुपैयाँ कायम छ । सोमबार (वैशाख १५) छापावाल सुन प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य तोलाको एक हजार ९७० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।




























