Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

५ लाख ६० हजार सरकारी रकम हिनामिनाको आरोपमा विशेष अदालतको फैसला चित्त नबुझी सर्वोच्चमा पुनरावेदन

1.7K
shares

काठमाडौं ।राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, शाखा कार्यालय ईनरुवा सुनसरीका सहायक प्रवन्धक तारणी प्रसाद खतिवडा लगायतका प्रतिवादीमाथि लागिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले आंशिक सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ।

अख्तियारका अनुसार प्रतिवादीहरूमाथि चपडाहा निम्न माध्यमिक विद्यालयको नाममा खोलिएको सरकारी खाताको रकम हिनामिना गर्नका लागि मिलेमतो गरी किर्ते कागजात तयार पारिएको आरोप छ। जिल्ला शिक्षा कार्यालय, सुनसरीको नक्कली लेटरप्याड र छाप प्रयोग गरी बैंकमा दस्तखत नमुना परिवर्तन गरिएको र त्यसपछि खातावालाको नाम बदल्दै अर्कै व्यक्तिको नाममा खाता खोलिएको अख्तियारको दाबी छ।

आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र १७ अनुसार मुद्दा दायर गरेको थियो। मिति २०८१ साल वैशाख २४ गते विशेष अदालतले आंशिक सफाइको फैसला सुनाएपछि आयोगले सो फैसलाप्रति असहमति जनाउँदै मिति २०८२ साल वैशाख २२ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको हो।

अख्तियारले बिगो रकम रू. ५,६०,००० कायम गर्दै दोषी ठहर गरी भ्रष्टाचार निवारण ऐनको दफा ३(१) र खण्ड (ङ) बमोजिम कारबाहीको माग गर्दै मुद्दा अघि बढाएको जनाएको छ।

civil hospital
Hams Hospitals