मोटरसाइकल दुर्घटना हुँदा शिक्षा अधिकृतको मृत्यु

1.2K
shares
Shine resunga department bank

काठमाडौँ । मोटरसाइकल दुर्घटना हुँदा शिक्षा अधिकृतको मृत्यु भएको छ ।

 

 

दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ गोदालीमा दुर्घटनामा गम्भीर घाइते भएका लेकम गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा शिक्षा अधिकृत केशव राज ओझाको निधन भएको हो ।

लेकम गाउँपालिकाकै वडा नम्बर ५ चौपातामा शैक्षिक कार्यक्रम सम्पन्न गरी घर फर्किने क्रममा माथिबाट खसेको ढुंगा पिठ्युँमा लागेर गम्भीर घाइते भएका अधिकृत ओझाको मृत्यु भएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ कान वडाध्यक्ष सुरेश सिंह थापाले जनाकारी दिए ।

 

 

माथिबाट खसेको ढुंगा लागेपछि ओझाले चलाएको मोटरसाइकल दुर्घटनामा परेको थापाले बताए । उनको टाउको, छाती र खुट्टामा चोट लागेको थियो ।

 

 

उपचारका लागि एम्बुलेन्समा गोकुलेश्वर अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको थापाले बताएका छन् ।

everest Bank
Sharestha treating