कार्यकारी अधिकृत र लेखा अधिकृत भ्रष्टाचारमा डामिए

वि.सं.२०८२ वैशाख २३ मंगलवार
shares

काठमाडौं । जिल्लाको फेटा गाउँपालिकाको विद्युत पोल गाड्ने तथा तार तान्ने कार्य को खरिद प्रक्रिया गोप्य राखेको ठहर भएको छ ।
सो बिषयमा अनुसन्धान हुँदा फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार सिंह र लेखा अधिकृत मुकेश प्रसाद साहले फेटा गाउँपालिका, बाराबाट विद्युत पोल गाड्ने तथा तार तान्ने कार्यको बोलपत्र आव्हानको सूचना सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा नेपाल मिडिया हाउस प्रालिका निर्देशक नवराज निरौलासँगको मिलोमतोमा उक्त बोलपत्र आव्हानको सूचना सौर्य दैनिक पत्रिकामा सूचना प्रकाशन नगरी राखेको पाईएको छ ।
केही प्रतिमा मात्र बोलपत्र आह्वानको सूचना समावेश गराई सोही झुट्टा विवरण सहितको पत्रिकाको आधारमा नेपाल मिडिया हाउस प्रालिको बिलबाट १ लाख ४२ हजार १६० रुपैयाँ ( भ्याट बाहेक ) रकम भुक्तानी दिएको पुष्टि भएको हुँदा प्रतिवादीहरु गौरी शंकर कुमार सिंह र मुकेश प्रसाद साहलाई कैद र बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिइएको छ।
नेपाल मिडिया हाउस प्रालि तथा उक्त कम्पनीका प्रबन्ध निर्देशक नवराज निरौलाले राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा उक्त बोलपत्र आव्हानको सूचना सौर्य दैनिक पत्रिकाले प्रेस काउन्सिलमा पेश गरेको मिति २०७९।०७।२० मा प्रकाशित उक्त पत्रिकाको अभिलेखमा बोलपत्र सूचना प्रकाशन भएको नदेखिएकोले सूचना प्रकाशन नगरी नगराएकोले कम्पनीका प्रबन्ध निर्देशक नवराज निरौलाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को देहाय ९ङ० बमोजिमको कसुरजन्य कार्यको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर भएको हुँदा मुख्य कसूरदारहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसूरदार सरह सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।