बैंकिङ कसुर मुद्दामा १ करोड ५० लाख जरिवाना सुनाइएका व्यक्ति पक्राउ

138
shares
Shine resunga department bank
काठमाडौं । बैंकिङ कसुरको मुद्दामा एक करोड ५० लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३० बस्ने ४७ वर्षीय अमीत अग्रवाल छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्वयम्भूबाट मंगलबार पक्राउ गरेको हो ।
पक्राउ परेका अग्रवाललाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा बुझाइएको परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।उनीविरुद्ध २२ जेठ २०८० मा बैंकिङ कसुरको मुद्दामा ३० दिन कैद र एक करोढ ५० लाख जरिवानाको फैसला भएको थियो ।त्यसैगरी २१ असार २०८० मा चेक अनादार मुद्दामा तीन हजार जरिवानाको फैसला सुनाइएको थियो ।
२४ फागुन २०८० मा चेक अनादारकै चार हजारको फैसला सुनाइएको थियो ।
everest Bank
Sharestha treating