२ लाख घुसको सहित अदालतका सहायक कम्प्युटर अपरेटर पक्राउ

17.5K
shares
Nabil bank

 

काठमाडौं । जिल्ला अदालत पश्चिम नवलपरासीका सहायक कम्प्युटर अपरेटर घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले अदालतका सहायक कम्प्युटर अपरेटर रामलखन बनियाँलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

 

लागूऔषध मुद्दाको पुर्पक्षमा कारागार कार्यालय नवलपरासीमा रहेका सेवाग्राहीसँग छुटाई दिन सहजीकरण गर्ने भन्दै उनले घुस मागेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

 

उनलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ बेलासपुर चोकबाट घुससहित नियन्त्रणमा लिइएको उनले बताए । उनीमाथि अख्तियारले थप अनुसन्धान थालेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x