सशस्त्र प्रहरीको प्रवक्ता बने डीआईजी कालीदास

1.4K
shares

 

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले पाएका छन् ।

 

यसअघि प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरी सरुवा भएको थिए ।उनको ठाउँमा धौवजीलाई सो जिम्मेवारी दिइएको हो ।

 

नायव महानिरीक्षक धौवजी यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको बाहिनीपति थिए ।

civil hospital
Hams Hospitals