नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएका इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर

1.6K
shares
national life insurances

 

 

काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेड, पुल्चोक, ललितपुरमा इन्जिनियर पदमा कार्यरत सुमन खनालले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी जागिर खाएको पुष्टि भएपछि भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

 

आयोगले जनाए अनुसार, सुमन खनालले Bachelor of Civil Engineering तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाई पेश गरेका थिए। उनले पेश गरेका B.E. Civil Engineering Academic Transcript, Character Certificate, Provisional Certificate, Eastern College of Engineering बाट जारी Character Certificate, नेपाल इन्जिनियर्स परिषद्को प्रमाण पत्र, तथा इन्जिनियरिङ लाइसेन्ससमेत नक्कली रहेको अनुसन्धानबाट खुलेको छ।

 

आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) को उपदफा (क) बमोजिम एक करोड एक लाख बिस हजार रुपैयाँ बिगो माग गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।

Hams Hospitals
Machhapuchhre Bank Limited