परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीका लागि एड्भाइजरी जारी

762
shares
Shine resunga department bank

काठमाडौं । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीका लागि एड्भाइजरी जारी गरेको छ ।

भारत र पाकिस्तानबीच बढ्दो तनावको कारण पाकिस्तानमा रहेका नेपाली विद्यार्थीमा समस्या उत्पन्न हुन सक्ने भन्दै मन्त्रालयले एड्भाइजरी जारी गरेको हो ।

मन्त्रालयले आज एड्भाइजरी जारी गर्दै हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ ।

 

यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सबै विद्यार्थी एवं नेपालीहरुसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरुका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासको तृतीय सचिव वृन्दा सुबेदी खड्का र आर्सलान मेहमुदको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न  भनिएकाे छ ।

 

everest Bank
Sharestha treating