सडक निर्माणमा अनियमितता : विशेष अदालतमा आरोपपत्र दायर

16.9K
shares
Nabil bank

काठमाडौं।२०७९।८० – रुकुम पश्चिम जिल्लाको बाँफिकोट गाउँपालिका वडा नं. २ अन्तर्गत पर्ने पिपलकाँडा मेलगौरी सडक खण्ड निर्माण योजनामा व्यापक अनियमितता भएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

संघीय सरकारबाट प्राप्त रकममध्ये सडक निर्माण योजनाको लागि भ्याटसहितको लागत अनुमान रु. १,९९,८२,७९३।३७ कायम गरिएको थियो। उक्त योजना बाँफिकोट गाउँपालिका, रुकुम पश्चिम र मालिका बस्नेत निर्माण सेवा, छेडागाड, जाजरकोट बीच रु. ७७,४४,५७०।५२ मा सम्झौता भई कार्यान्वयनमा आएको थियो।

तर, फिल्ड प्रतिवेदन अनुसार सडक केवल २,९०० मिटर मात्र निर्माण भएको देखिएता पनि नापी किताबमा ३,७०० मिटर निर्माण भएको भनी उल्लेख गरिएको छ। यसरी ८०० मिटर अतिरिक्त निर्माण भएको देखाएर झुट्टा प्रतिवेदन तयार पारिएको उजुरीमा उल्लेख छ।

योजनासम्बन्धी लागत अनुमान, सम्झौता पत्र तथा जिल्ला दररेट अनुसार कार्य सम्पन्न भएको देखाइए पनि, अनुगमन प्रतिवेदनमा अनुगमन अधिकृतहरूको हस्ताक्षर समेत नरहेको पाइयो। सो कार्य निर्धारित मापदण्ड विपरीत तथा बदनियतपूर्वक गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीको गम्भीरताका साथ अनुसन्धान गरेको थियो।

प्राप्त प्रमाण र प्रतिवेदनका आधारमा नभएको कार्य भएको देखाएर झुट्टा कार्यसम्पन्न प्रतिवेदन तयार पारिएको र सोही आधारमा रु. २१,६३,८६५।४४ बढी भुक्तानी दिइएको पाइएपछि, उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई बाँफिकोट गाउँपालिका, रुकुम पश्चिमलाई हानि पुर्‍याई आफैं गैरकानूनी लाभ लिएको पुष्टि भएको आयोगले जनाएको छ।

उक्त प्रकरणमा संलग्न प्रतिवादीहरू उपर सम्बन्धित कानुनी प्रावधानअनुसार कारबाहीको मागदाबी गर्दै आरोपपत्र दायर गरिएको छ।

यो प्रकरणले निर्माण क्षेत्रमा हुने भ्रष्टाचार र मिलेमतोको गम्भीरताप्रति पुनः प्रश्न उठाएको छ। अख्तियारले सार्वजनिक स्रोत र सम्पत्तिको दुरुपयोगविरुद्ध कडा कदम चाल्दै यस्तो कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने प्रतिवद्धता जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x