इमेज सहकारी ठगी प्रकरण : ढोरपाटनका मेयर नेपालीलाई थुनामा पठाउन अर्को आदेश
वि.सं.२०८२ जेठ १३ मंगलवार
1.7K
shares
shares
काठमाडौं । थुनामै रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि पुनः थुनामा राख्न आदेश भएको छ ।
कास्की जिल्ला अदालतले पोखरामा रहेको इमेज सहकारी ठगी अभियोगमा उनलाई थुनामा राख्न आदेश दिएको हो ।सोमबार जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले उनलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।उनी जिल्ला कारागार बागलुङमा थुनामा थिए ।
त्यहाँबाट झिकाएर जिल्ला अदालत पोखराले सोमबार उनीसँग बयान लिएको थियो ।




























