किन असहज मृत्यु रोज्दैछन् निजामती कर्मचारी ?

47.6K
shares
Nabil bank

 

काठमाडौँ । केही समय अघिसम्म अधिकृत प्रकाश भण्डारीको निर्वाचन अयोगमा सचिवको कार्यकक्ष अगाडि कुर्सीमा बसेर शान्तसँग आगन्तुकलाई सेवा गर्ने दैनिकी थियो । भण्डारी पछिल्लो समय गृहसचिव गोकर्णमणि दुवाडीको सचिवालयमा आए ।  निर्वाचन आयोगमा गरेको काम चित्त बुझेर दुवाडीले भण्डारीलाई गृहसम्म ल्याए ।

योबीचमा हुम्ला जिल्लाको कायम मुकायम प्रमुख जिल्ला अधिकारी पनि हुने अवसर पाए । तर, धेरै दिन त्यहाँ बसेनन् । पुनः गृहमन्त्रालय नै फर्किए । गृहमन्त्रालयमै रहँदा जागिरे जीवनको उत्तरार्द्धमा अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा  काम गर्दै थिए । त्यहाँ बसेर कति काम गरे थाहा छैन । तर, झण्डै एक महिना अघि आफैँ इहलीला समाप्त गरे । अथवा आफैँले डोरी किनेर घर लगे अनि त्यही डोरी घाँटीमा पासो लगाएर घरको भर्याङ्गमा झुन्डिए ।

उनलाई किन जीवनसँग विरक्त लाग्यो धेरै लाई थाह छैन । तर, शान्त स्वभावका भण्डारी कहिल्यै नफर्कने बाटो लागे । पारिवारिक स्रोतका अनुसार कार्य क्षेत्रमा तनाव भएको कहिल्यै बताएनन् । कार्यालयका सहकर्मीकै अनुसार पनि तनावका कुरा कहिल्यै गरेनन् ।

 

 

अलि अघि मालपोत कार्यालयका रहेका युवराज ढकालको पनि अस्वभाविक मृत्यु भयो ।

केही समय अघि काठमाडौंको शंखमुलमा एकजना मानिसको कोठामै मृत्यु भएको समाचार बाहिर आएको थियो । काठमाडौं महानगरपालिका–३१ शंखमूलमा एक व्यक्ति मृत फेला परेको बिभिन्न सञ्चारमाध्यमले समाचार लेखे ।  मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका–३ घर भएका ४५ वर्षीय युवराज ढकाल थिए ।

 

 

उनी शंखमुलमा डेरा गरी बस्दै आएका थिए । उनी आफ्नै डेरो कोठामा मृत फेला परेको प्रहरीले बताएको थियो । यो बाहेक मृतकका बारे कुनै जानकारी आएन । र, कसैले खोजी पनि गरेन ।

थप खोजी गर्दै जाँदा ढकाल भूमिसुधार मन्त्रालय अन्तर्गत रहेका एक जना अधिकृत थिए । सुरुमा उनले आत्महत्या गरेको पनि शंका गरियो । तर, पोष्टमार्टम रिपोर्टले भने मुटुमा समस्या भएर मृत्यु भएको जनायो ।

ललितपुर मालपोत कार्यालयमा कार्यरत थिए  शाखा अधिकृत  ढकाल । विभागीय आरोप र अनावश्यक सरुवाका कारण मानसिक तनावमा परेका ढकालले आत्महत्या गरेको सुरुमा चर्चा गरिएको थियो ।

ढकाल ललितपुर मालपोतमा काम गर्थे । तर, उनलाई  रातको समयमा अनधिकृत काम गरेको भन्दै मानसिक तनाव दिइएको बताउने गरेका थिए  ।

यही आरोपमा त्यहाँ बाट अपमानजनक ढंगले सरुवा गरिएको थियो । सरुवा स्वभाविक भएपनि मिथ्या आरोप लागेकामा ढकाल  बैचनीमा थिए । बैचनी कै बेला उनलाई ललितपुरबाट कलंकी सरुवा गरियो । कलंकी पुगेकै बेला उनलाई लागेको आरोप मिथ्या भयो । बिभागले गरेको अनुसन्धानमा उनी निर्दोष देखिएका थिए । अथवा भनौं सफाई पाए ।

 

 

कलंकीको कार्यालयमा  नियमित रुपमा काम गरिरहेका थिए । दुई महिनापछि पुनः पर्सा जिल्लाको मालपोत कार्यालयमा सरुवा गरियो । ललितपुरमा बस्दा उनले अनैतिक काम नगरेको बिभागका अनुसन्धानमा देखिए पनि उनी त्यही बेलादेखि असहज बनिसकेको उनलाई जान्नेहरु बताउँछन् । बदमाशीको पुष्टि नै नभएको र पटक पटक सरुवामा परेका ढकाल निक्कै तनावमा भएको पारिवारिक स्रोतले जनायो ।

 

सरुवा भएपछि उनी पर्सा गए ।  पर्सा पुगेपछि मानसिक तनाव झनै बढेको  उनलाई जान्नेहरु बताउँछन् ।

 

परिवारसहित बस्न नपाउने स्थिति, लगातारको सरुवा, र विभागीय आरोपले उनको मानसिक अवस्था कमजोर बनाउँदै लग्यो । यिनै कारणले गर्दा उनको अस्वभाविक मृत्यु भएको सहजै अनुमान गर्न सकिन्छ ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

एउटा अधिकृतको गुमनाम मृत्यु

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x