अब बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने
वि.सं.२०८२ जेठ १५ बिहीवार
747
shares
shares
काठमाडौं । सरकारले अब बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने भएको छ । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
बाली लगाउने समयभन्दा १५ दिन अगाबै धान, मकै गहुँ, उखु कफी लगायतको उत्पादनको समर्थन मूल्य तोकिने अर्थमन्त्री पौडेलले बताए ।
उनले भने,’ ती वस्तुको बजार अभाव भएको अवस्थामा खाद्य तथा व्यापार कम्पनी लिमिटेड मार्फत खरिद गरिने व्यवस्था मिलाइने छ ।’ बाली लगाएपछि अग्रिम कृषि खरिद सम्झौता गरिने उनले बताएका छन् ।


























