नेपाल क्यान मुभले १ अर्बभन्दा बढी राजस्व छलेको खुलासा, सञ्चालक र सीईओ थुनामा

125.5K
shares
Nabil bank

 

काठमाडौँ। नेपालको सबैभन्दा ठूलो भनिएको कुरियर तथा कार्गो सेवा प्रदायक कम्पनी नेपाल क्यान मुभ प्रा.लि. ले एक अर्ब रुपैयाँभन्दा बढी राजस्व छलेको खुलेको छ। राजस्व अनुसन्धान विभागले केही महिना अगाडि कम्पनीको मुख्य कार्यालयमा गरेको छापामारीपछि यस्तो खुलासा भएको हो।

 

सम्बन्धित स्रोतहरूका अनुसार विभागले कम्पनीको आर्थिक कारोबार र हिसाबकिताबको विस्तृत अध्ययनपछि एक अर्बभन्दा बढी आयकर, मूल्य अभिवृद्धि कर (भीएटी) लगायतका शीर्षकमा कर छली भएको प्रमाणसहित रिपोर्ट तयार पारेको छ। त्यसैका आधारमा विभागले सोही रकम धरौटी राख्न कम्पनीलाई निर्देशन दिएको थियो।

 

तर, विभागले तोकेको झन्डै एक अर्ब रुपैयाँ धरौटी रकम बुझाउन कम्पनी असमर्थ भएपछि नेपाल क्यान मुभ का केही सञ्चालक र कार्यकारी प्रमुख (सीईओ) अहिले राजस्व अनुसन्धान विभागको नियन्त्रणमा छन्। विभाग स्रोतका अनुसार कम्पनीका सञ्चालकद्वय मनिषप्रसाद आचार्य र गंगाबहादुर थापा तथा सीईओ संगम पौडेल केही दिनदेखि थुनामा राखिएका छन्।

 

नेपाल क्यान मुभले देश तथा विदेशमा कुरियर, कार्गो ढुवानी, लजिस्टिक, गोदाम व्यवस्थापन, थल–जल–हवाई ढुवानीजस्ता विभिन्न सेवा प्रदान गर्दै आएको छ। कम्पनीको विस्तृत कारोवार र लेखापुस्तकमा अनियमितता भेटिएपछि राजस्व अनुसन्धान विभागले थप अनुसन्धान तीव्र पारेको जनाएको छ।

 

विभागले अब कम्पनीमाथि कानुनी कारवाही प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको छ। यस घटनाले ठूला सेवा प्रदायक कम्पनीहरूमा समेत करसम्बन्धी गम्भीर चासो र निगरानी आवश्यक भएको देखिएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x