वरिष्ठ अधिवक्ता शम्भु थापाद्वारा पत्रकारमाथि दुर्व्यवहारप्रति प्रेस चौतारीको विरोध

19K
shares
Nabil bank

 

काठमाडौं। वरिष्ठ अधिवक्ता शम्भु थापाद्वारा फोटो पत्रकार उमेश कार्कीमाथि गरिएको दुर्व्यवहारप्रति प्रेस चौतारी नेपालले गम्भीर आपत्ति जनाएको छ। उक्त घटना २०८२ साल जेठ २२ गते काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालय बाहिर घटेको थियो।

 

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनाप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “श्रमजीवी पत्रकारमाथिको यो दुर्व्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो।”

 

प्रेस चौतारीले घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति तथा निर्वाध समाचार संकलनका लागि आवश्यक वातावरण बनाउन सरोकारवालालाई आग्रह गरेको छ।

 

संस्थाले सबै श्रमजीवी, सक्रिय पत्रकारमाथि हुने यस्ता दुर्व्यवहारलाई नकार्दै, जिम्मेवार निकायले तत्काल आवश्यक कदम चाल्नुपर्ने चेतावनीसमेत दिएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x