अमेरिकामा दुई बालबालिकासहित चार नेपाली मृत अवस्थामा फेला, गोली प्रहार गरेको शंका

19.1K
shares
Nabil bank

 

 

काठमाडौं। अमेरिकाको भर्जिनिया राज्यस्थित म्यानेसस पार्कको एक घरमा दुई बालबालिकासहित चार नेपाली मृत अवस्थामा फेला परेका छन्। म्यानासस पार्क प्रहरी विभागले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार मृतकमध्ये ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, एक २ वर्षे बालक र ८ वर्षीया बालिका रहेका छन्।

 

प्रहरीका अनुसार २०२५ जुन ५ तारिखका दिन राति १०:४० बजे घरधनीले आफ्ना भाडामा बस्नेहरूको सुरक्षाको अनुगमन गरिदिन अनुरोध गरेका थिए। प्रहरी घटनास्थलमा पुग्दा घरको तल्लो तलामा चारै जनाको शव फेला परेको थियो।

 

प्रारम्भिक अनुसन्धान अनुसार सबैको मृत्यु गोली लागेर भएको हो र घटनास्थलबाट एक थान बन्दुक बरामद गरिएको छ। यस घटनालाई प्रहरीले हत्या र आत्महत्याको रूपमा अनुसन्धान गरिरहेको जनाएको छ।

 

मृतकहरू एकै परिवारका हुन् वा हैन भन्ने विषयमा हालसम्म स्पष्ट जानकारी प्राप्त नभएको बताइएको छ। सबै शवहरू परीक्षणका लागि म्यानेससको मेडिकल एक्जामिनरको कार्यालयमा पठाइएको छ।

 

म्यानेसस पार्क प्रहरी विभागले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x