काठमाडौं महानगरका इन्जिनियर रामबाबुविरुद्ध ४ करोड बढीको भ्रष्टाचार मुद्दा

16.8K
shares
Nabil bank

काठमाडौं, ९ जेठ — काठमाडौं महानगरपालिकाका पूर्वइन्जिनियर रामबाबु महतो कोइरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार महतोले आफ्नो ३२ वर्षे सेवाअवधिमा आयस्रोतभन्दा निकै बढी सम्पत्ति आर्जन गरेका छन्। आयोगले दायर गरेको मुद्दामा धनुषा, क्षीरेश्वरनाथ नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका महतोसँग ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको दाबी गरिएको छ।

रामबाबुले २०४६ साल वैशाख १९ देखि २०७८ साल फागुन २० गतेसम्म काठमाडौं महानगरपालिकामा सेवा गरेका थिए। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सो अवधिमा उनले ३ करोड ३७ लाख ७९ हजार ४ सय रुपैयाँ मात्र वैध स्रोत देखाएका छन्, तर उनको सम्पत्ति, खर्च तथा लगानी ७ करोड ९६ लाख ७६ हजार ८ सय ४ रुपैयाँ पुगेको छ।

अवैध सम्पत्तिबाट श्रीमती माला कुमारी महतोको नाममा जग्गा खरिद, शेयर खरिद, घर निर्माण र बैंक मौज्दातसमेत गरिएको देखिएकाले उक्त सम्पत्ति जफत गर्न माला कुमारीलाई समेत प्रतिवादी बनाइएको आयोगले जनाएको छ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार आवश्यक कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर गरेको हो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x