प्रमुख सुधीरको पैसा मोहमा विद्युत प्राधिकरण धादिङमा बिजोक
वि.सं.२०८२ जेठ ३० शुक्रवार
shares
काठमाडौँ । नेपाल विद्युत प्राधिकरण धादिङका प्रमुख सुधीर कुमार रायको द्रव्यमोहले समस्या बन्दै गएको छ । उनैको लापरबाहीले एकजना कर्मचारीको ज्यानैसम्म जाने अवस्था आएको छ । स्थानीय भूगोल बुझेको मानिसलाई काम लगाउन पर्नेमा प्रमुख रायले सस्तो दरमा बाहिरका कामदार ल्याएर काम लगाउने गरेका छन् । भूगोलकै ज्ञान नभएका कारण काम गर्दागर्दै एक कर्मचारीको केही अघि अनाहकमा ज्यान गएको छ ।
अन्यत्रबाट सस्तो दरमा कामदार ल्याएर उनले जोखिम काममा लगाउने गरेको स्थानीयहरु बताउँछन् । ठेकेदारमार्फत ल्याइएका एक कामदार भेषराज बोहोराको अकालमा ज्यान गएको हो । बाहिरका मान्छे भएका कारण प्रमुख रायले जबर्जस्ती काममा लगाउने गरेका थिए । जोखिमयुक्त काम लगाएका कारण कामदार बोहोराको करेन्ट लागेर मृत्यु भएको हो ।
‘स्थानीयलाई नै काम गर्न लगाएको भए समन्वय हुने र भूगोलको ज्ञान पनि हुने थियो । तर, बाहिरको मान्छेलाई जानकारी नभएका कारण मारिए ’ एक स्थानीयवासी भन्छन्,– ‘ती कामदारलाई रातदिन काम गर्न लगाउथेँ । ’ एकातिर ठेकेदारको टोकसो र अर्कोतर्फ प्रमुख रायको जर्वजस्तीका कारण बोहोराको करेन्ट लागेर मृत्यु भएको हो ।
काठमाडौँबाट ठेक्कामा र सस्तो दरमा मान्छे ल्याएर उही ज्यालामा रातदिन काम लगाउँदा पन दुर्घटना भएको हो । बाहिरको मान्छेले प्रतिकार पनि गर्न नसक्दा प्रमुख रायले यसको फाइदा लिएका हुन् ।
धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका स्याउली भन्ने ठाउँमा काम गर्ने क्रममा बोहोराको करेन्ट लागेर मृत्यु भएको हो । प्राधिकरणका हाकिम भने यो विषय बाहिर नल्याउन र र लुकाउन लागि परिरहेका छन्।
विद्युत सम्बन्धी जानकारी नभएको कारणले मृत्यु भएको स्थानीयहरू बताउँछन्। प्राधिकरणका हाकिम सुधीरकुमार राय पैसा बिना कुनै पनि काम गर्दै गर्दैनन् र पैसा दियो भने तुरुन्त काम गर्ने गर्छन्। यो उनको दैनिकी लुटी खाने र कमाउ गर्ने धन्दा नै भएको छ।
राय धादिङको विद्युत प्राधिकरणको कार्यालयमा हप्ताको तीन दिन पनि मुस्किलले आउने गरेको त्यहाँका कर्मचारीहरू बताउँछन्। धादिङ जिल्लामा एक ठाउँमा बत्ती जाँदा कम्तिमा पनि ३ दिनसम्म पनि कुनै सुनाई र काम हुँदैन।
हाकिमलाई फोन गर्यो भने उल्टै ग्राहकलाई धम्क्याउने थर्काउने र मलाई अफिस समय बाहेक अरु समयमा फोन नगर्नु भन्ने गर्छन्।
राय प्राधिकरणको गाडी लिएर तराईका जिल्लाहरूमा मस्ती मार्दै घुम्ने र हप्तौंसम्म हराउने गर्दछन्। उनलाई कार्यालयमा ग्राहकहरू भेट्न जाँदा महिनौँसम्म भेट्नै मुस्किल हुने समेत बताउँछन्।































