काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ
वि.सं.२०८२ असार १३ शुक्रवार
26.7K
shares
shares
काठमाडौं। राजधानीको पुरानो बसपार्कस्थित निर्माणाधीन काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई १० करोड रूपैयाँको बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरेको हो।
भेटवाल इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालकसमेत हुन्। यसअघि पनि उनी २०७९ साल फागुन १० गते ३ करोड रुपैयाँको चेक बाउन्स मुद्दामा पक्राउ परेका थिए।
काठमाडौं भ्यू टावरको निर्माण लामो समयदेखि रोकिएको अवस्थामा छ, जसलाई लिएर आलोचना हुँदै आएको छ। भेटवालको पछिल्लो गिरफ्तारीसँगै सो परियोजनाबारे थप प्रश्न उठेका छन्।
Subscribe
0 Comments
Oldest































