इजरायली हवाई आक्रमणबाट गाजामा ८१ जनाको मृत्यु, ४०० भन्दा बढी घाइते

7.9K
shares
Nabil bank

 

 

काठमाडौं। इजरायली हवाई आक्रमणमा गाजा क्षेत्रमा कम्तीमा ८१ जनाको ज्यान गएको छ भने ४०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

 

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजा सहरस्थित एक रंगशालानजिकै भएको आक्रमणमा एक बालकसहित ११ जनाको मृत्यु भएको छ। उक्त घटनाको पुष्टि अल–शिफा अस्पतालका स्वास्थ्यकर्मी तथा प्रत्यक्षदर्शीहरूले गरेका छन्।

 

सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको हमास र इजरायलबीचको द्वन्द्व यतिबेला चरम अवस्थामा पुगेको छ। अहिलेसम्म गाजा क्षेत्रमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ५६,४१२ पुगेको छ भने घाइतेको संख्या १३ लाख ३ हजार ५४ पुगेको गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

दैनिकजसो भइरहेका आक्रमणले गाजाको अवस्था झनै भयावह बन्दै गएको छ। संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायले मानवीय संकट तत्काल अन्त्य गर्न आह्वान गरिरहेका छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x