संघीय निजामती सेवा विधेयकमा थपिए नयाँ प्रावधानहरू हेर्नुहोस्
वि.सं.२०८२ असार १५ आइतवार
shares
काठमाडौं । प्रतिनिधिसभाबाट पारित संघीय निजामती सेवा विधेयकमा महत्वपूर्ण नयाँ व्यवस्थाहरू समावेश गरिएका छन्, जसले निजामती सेवाको कार्यशैली, सेवा प्रवाह र कर्मचारी व्यवस्थापन प्रणालीमा व्यापक सुधार ल्याउने अपेक्षा गरिएको छ।
विधेयकमा के छन् नयाँ प्रावधानहरू?
नयाँ नियुक्तिको मापदण्ड: अवकाश प्राप्त कर्मचारीलाई २ वर्षपछि मात्र नियुक्ति दिन सकिने व्यवस्था गरिएको छ (कुलिङ अफ पिरियड लागू)।
कार्यकाल नतोकी अतिरिक्त सचिव: अब अतिरिक्त सचिवको पदमा कार्यकाल नतोकी नियुक्ति गर्न सकिनेछ।
उमेर सीमा स्पष्ट: ऐन लागु भएको वर्षमा ५८ वर्ष र दोस्रो वर्षमा ५९ वर्ष तथा अधिकतम ६० वर्ष उमेर हद तय गरिएको छ।
निजामती प्रवेश उमेर हद: पुरुषका लागि ३५ वर्ष र महिलाका लागि ३९ वर्षसम्म निजामती सेवामा प्रवेशको अनुमति।
स्तर प्रणाली सुधार: १५ तहगत प्रणाली कायम, विशिष्ट श्रेणीमा ३ तह रहने व्यवस्था।
सेवा अवधि: मुख्यसचिवको लागि २ वर्ष र सचिवको लागि ४ वर्षको सेवा अवधि निर्धारण।
सरुवा प्रक्रिया व्यवस्थित: अनुमान योग्य र चक्रिय प्रणालीमार्फत सरुवा गर्ने व्यवस्था।
प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउने: १० वर्षभित्र प्रदेश तथा स्थानीय तहमा संघका कर्मचारी खटाउने प्रावधान।
आन्तरिक पर्यटन बिदा: कर्मचारीलाई आन्तरिक पर्यटनका लागि बिदा दिइने व्यवस्था।
अन्तर प्रदेश सरुवाको बाटो खुला: अब कर्मचारीलाई प्रदेश बीच सरुवा गर्न सकिने कानुनी बाटो खुला।
राजपत्र पदमा आरक्षण: एक व्यक्तिलाई राजपत्राङ्कित र अनाङ्कित पदमा एक-एक पटकमात्र आरक्षणको सुविधा।
यस विधेयकले संघीय संरचनाअनुसार कर्मचारी व्यवस्थापन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ।
































