डोल्पामा अस्तित्व नै नभएको विद्यालयको नाममा ७ लाख ६० हजार भ्रष्टाचार, चारजनाविरुद्ध विशेष अदालतमा मुद्दा

19.8K
shares
Nabil bank

काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका वडा नम्बर ४ तिप्लास्थित ‘दुर्गा प्राथमिक विद्यालय’ वास्तवमा कहिल्यै अस्तित्वमा थिएन । न विद्यालयको भवन, न शिक्षक, न त विद्यार्थी नै । तर पनि त्यही काल्पनिक विद्यालयको नाममा ७ लाख ६० हजार रुपैयाँ सरकारी रकम खर्च भएको छ, नक्कली कागजात र मिलेमतोको आधारमा ।

यो अनियमितता प्रकरण अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोजनमार्फत विशेष अदालत, काठमाडौंमा पुगिसकेको छ । आयोगले यस घटनालाई ‘पूर्व नियोजित षड्यन्त्रु र अहंकारपूर्ण भ्रष्टाचार’को संज्ञा दिएको छ ।

अनुसन्धानका अनुसार, तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ (अहिले ठूलीभेरी नगरपालिका ४) मा ‘दुर्गा प्राथमिक विद्यालय तिप्ला’ नामको विद्यालय भएको दावी गर्दै आर्थिक वर्ष २०६७–०६८ मा तत्कालिन शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट ७ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको थियो । भवन निर्माणको दाबी गरियो — २ कोठे जस्ता पाताको ।

तर स्थलगत अध्ययन, शिक्षा कार्यालयको प्रतिवेदन र अख्तियारबाट खटिएको प्राविधिक टोलीको प्रत्यक्ष निरीक्षणमा भेटियो, ‘त्यहाँ दुर्गा प्रावि नामक कुनै विद्यालय कहिल्यै सञ्चालनमा थिएन । त्यहाँ रहेको एक मात्र विद्यालय भनेको श्री लालिगुँरास आधारभूत विद्यालय हो।’

अख्तियारको दुरुपयोग अनुसन्धान आयोगका अनुसार, योजनाबद्ध ढंगले फर्जी उपभोक्ता समिति गठन गरी रकम निकासा गरिएको हो । उक्त कार्यमा जिल्ला प्राविधिक कार्यालय डोल्पाका तत्कालीन प्रमुख (इन्जिनियर) रविचन्द्र पजियार, तत्कालीन लेखापाल मनिराम कुर्मी, फर्जी उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढा संलग्न भेटिएपछि उनीहरु विरुद्ध बिहिबार मुद्दा दायर भएको हो ।

यी चारै जनाले ‘विद्यालय नहुँदा नहुँदै भएजस्तो देखाई झुट्टा कागजात तयार पारी चेकमार्फत भुक्तानी लिएर रकम दुरुपयोग गरेका आयोगका सहसचिव एवम प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x