धादिङको त्रिशुली नदीमा २ जनाको शव भेटियो

16.5K
shares
Nabil bank

धादिङ। धादिङ जिल्लाको त्रिशूली नदीमा दुई जना व्यक्तिका शव फेला परेका छन्। शवहरू नदी किनारको लेदो माटोमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

शवको सनाखत अझै हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार शवहरू एकै स्थानमा भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुमानअनुसार शवहरू केही दिन अगाडि पानीमा बगेको वा डुबेको हुन सक्ने आशंका गरिएको छ।

“शवको पहिचान खुल्ने प्रयास भइरहेको छ। घटनाको सबै पक्षबाट अनुसन्धान थालिएको छ,” जिल्ला प्रहरी कार्यालय धादिङका एक प्रहरी अधिकृतले जानकारी दिए।

शवलाई पोष्टमार्टमका लागि धादिङ अस्पताल पठाइएको छ। प्रहरी स्रोतका अनुसार, मृतकको पहिचान खुलाउन सार्वजनिक सूचना जारी गर्ने तयारी पनि भइरहेको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x