आलमलाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय

22.4K
shares
Nabil bank
काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएको फैसलाप्रति आपत्ति जनाउँदै सरकारको पक्षबाट सर्वोच्च अदालतमा पुनरावेदन हुने भएको छ ।महान्यायाधिवक्ता रमेश बडालले उक्त फैसलालाई त्रुटिपूर्ण भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गर्ने निर्णय गरेका हुन् ।
२०७९ जेठ १४ गते वीरगञ्ज इजलासका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले आलमसहितलाई बम विष्फोट, हत्या र संगठित अपराधसम्बन्धी अभियोगमा सफाइ दिएको थियो ।
हाल पुनरावेदन निवेदन तयार पार्ने काम भइरहेको छ र दुई साताभित्र सर्वोच्च अदालतमा दर्ता गरिने बताइएको छ ।यो प्रकरण लामो समयदेखि चर्चामा रहँदै आएको थियो। २०६४ सालमा रौटहटको राजपुर बमकाण्डका क्रममा जिउँदै मानिसलाई इँटाभट्टामा हालेर जलाएको आरोप आलममाथि लागेको थियो ।
civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x