भूमिमन्त्री अधिकारीले राजीनामा नदिए शशक्त आन्दोलन गर्ने चेतावनी

3.1K
shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्ने माग उठेको छ । भूमाफिया संरक्षण, पद विक्री र घुस प्रकरणका मुख्य पात्रका रूपमा चिनिएको आरोप लगाउँदै नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनले उनको राजीनामाको माग गरेका हुन् । राजीनामासहित छानबिन पनि हुनुपर्नेमा उनीहरुको जोड छ ।

 

 

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री अधिकारीसहित भूमि प्रशासनको क्षेत्रमा देखिएको ‘गम्भीर अनियमितता र भ्रष्टाचार’प्रति आपत्ति जनाएका जनाएका हुन् । उनीहरूले सरकारको भूमिनीतिलाई ‘जनविरोधी, किसानमारा र दलितविरोधी’को आरोप लगाएका छन् ।

 

मन्त्री अधिकारी र उनका परिवार पोखराको लिचीबारी जग्गा काण्ड, रातो–निलो बोराको पैसा काण्ड, कर्मचारी सरूवा र आयोग पदाधिकारी नियुक्तिमा संलग्न रहेको प्रमाणसहित आरोप सार्वजनिक भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

 

संगठनले एउटै प्रकरणमा मुछिएका मधेसी समुदायका एक मन्त्रीको राजीनामा तुरुन्त मागिएको तर अधिकारीलाई उन्मुक्ति दिइनुले सरकारभित्रको ब्राह्मणवादी सोच र विभेदपूर्ण व्यवहार उजागर भएको आरोप लगाएका छन् ।

यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:

आकर्षक मालपोत कार्यालयमा ‘जसले बढी तिर्छ, उसैले सरुवा पाउँछ’

civil hospital
Hams Hospitals