सुनको मुल्य कति पुग्यो हेर्नुहोस्

1.7K
shares

काठमाडौं । पछिल्लो ५ दिन यता लगातार ‘रेकर्ड ब्रेक’ गरेको सुन र चाँदीको मूल्य भदौ १९ गते बिहीबार स्थिर रहेको छ । नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य स्थिर रहेको हो ।

 

 

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबारका लागि छापावाल सुनको भाउ प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँमा कायम गरिएको छ । अघिल्लो दिन अर्थात बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

 

 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

 

यस दिन चाँदीको भाउ पनि बुधबारकै मूल्यमा कायम छ । यस दिन चाँदीको भाउ तोलाको २ हजार ४८० रुपैयाँ कायम छ ।

civil hospital
Hams Hospitals