लघुकथा : सामाजिक सञ्जाल

2.1K
shares

 

 

दिन कसरी कटाउने हो ?

 

सुन्तलीको चिया पसलमा युवकहरू गफ्फिएका थिए । चियाको चुस्की लगाउँदै एउटाले भन्यो,  ” अब उहीँ पुरानै जमाना तिर फर्कनु पर्यो क्या ! रेडियो सुन्ने, यस्तै गरी चोक- चोका जम्मा हुने, गफ लगाउँने, भेटघाट पनि हुने भो अनि आत्मियता नि बढ्ने भो होइन त केटा हो ।” उसले ठटयौली पारामा भन्यो ।

 

अर्कोले, ” के कुरा गर्छ यो, मान्छेलाई कति सुविधा भएको थियो ? खोई कुरो बुझ्या, तेसै बर्बराउँदो रछ ।” अमिलो मुख बनाउँदै उसले थप्यो

 

“को आयो, को गयो, केही अत्तोपत्तो हुदैन्थ्यो ?” त्यहीं हेर्न पिपलबोटे कान्छाका छोराबुहारी, नातिनातिना विदेशबाट आएका थिए । भेट्न जाँदा, उनीहरू जतिबेला नि मोबाइल, ल्यापटप, इन्टरनेटमै झुन्डिएका थिए । बोल्नै खोज्दैनन् बा !”  पहिलोले चकित स्वरमा बतायो

 

“सबैको स्वभाव एउटै कहाँ हुन्छ र ? देशको स्थिति हेरत, अहिले अधिकांश युवाहरू विदेश पलाएन भएका छन् । घरमा वृद्ध आमाबुबा छन् । सन्तानसँग प्रत्यक्ष भेटघाट पनि त भएको छ । किन कुरा बुझ्दैनौ ?” दोस्रोले खिन्नता व्यक्त गर्यो

 

पाषाणयुगदेखि पत्रपत्रिका, चिठी, रेडियो, टेलिभिजनबाट विकास हुँदै यहाँसम्म आउँदा कति उतारचढाव भएका छन् । यो परिवर्तन कुनै जादुको छडी थिएन ? युगले मागेको परिवर्तन हो, कतिका काम ठप्प भएका छन् ? उसले चिन्तित भावमा फेरि थप्यो

 

सबै सुनिरहेको तेस्रोले गम्भीर हुँदै भन्यो,  ” देशका भष्टाचार जहाँका त्यहीँ छन्, सामाजिक सञ्जाल बन्द गर्नु विकल्प होर ।”

 

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

 

 

 

 

 

civil hospital
Hams Hospitals