कविता :  नेपालीको पहिचान

2.2K
shares

 

 

 

विश्वका सामु नेपाल देश के हिमाल सानो छ ?

पौरखी हात खेती र बारी आ-आफ्नै मानो छ

प्रकृति उषा बेजोड मिलन हिमाल छाँगो भो

बुझ है सब स्वाधीन ताको आफैंमा रानो यो ।

 

 

नेपालका कुना काप्चामा घुम छ माया देशको

युवाको  रोक  जमात  अब  छ  माया  भेषको

थालनी  गर  सारथी  युवा  पुस्ताको खाँचो छ

विवेक  दिई  विश्वास  गर  तिनै‌मा  साँचो  छ ।

 

 

नेपाल हाँसे  तीनकुने झण्डा खुलेर  हाँस्दछ ।

डाँफे र मुनाल हिमाल पारी तालमा नाच्दछ।

किताबी ज्ञान होइन अब बानीमा उतारौँ

सतहत्तर जिल्ला प्रदेश सात चिनारी बढाऔँ ।

 

जन्मेको देश माटोको माया प्रगाढ अति नै

नेताको दिल दुखेन कहिले  बिग्रियो मति नै

अरुले हेप्दा सहन साह्रै गाह्रो पो भएछ

आमा र देश मायाले युवा सडक गएछ

 

विलासी हुने खानेको जीवन सुखमै बितेछ

गरिब हुँदा खानेको जीवन दुःखमै बितेछ

विकृति  उस्तै  दिनहुँ  हेर  के  विधि मौलाको

अन्याय देख्न नसकी आज  जनता बौलाको ।

 

मरेर लानु के छर कत्रो के गर्छ धनले ?

पैसानै सबै सुख हो भन्छ अज्ञानी मनले

सिस्टम बनाऊ नियम बनाऊ विधिको पालना

आँफू नि हिड् अरू नि हिडाऊ को गर्छ सामना ?

 

 

पारदर्शी गर आचार सबै जनता मान्नेछन्

निश्पक्ष उल्था गरी त हेर जनता जान्नेछन्

समता मूलक समाज बनाऊ अन्याय को पर्ला

इलम देऊ गरेर खालान् भोकले को मर्ला ?

 

हिमाल चिज तराई झार बजार व्यवस्था

नाजुक बाटो उपाय खोज सहज अवस्था

लगानी बढाऊ पउल मात्रा युवाको साथमा

पाखुरी बल नबनाऊ बाध्य विदेश जानमा

 

पूर्खाले आर्जा देश हो हाम्रो विदेशी दखल

नदेऊ सुइँको हेप्दछ अरू हुदैनौँ सफल

पूर्वमा मेची पश्चिम काली नेपाल हाम्रै हो

उद्धमी बनौँ सफल होऔँ सबैमा राम्रै हो

 

 

क्षणिक सोच नराखौँ सदा सबैको हितमा

समाती हात अगाडि बढौँ एउटै मितमा

द्वेषको भाव हटाऊ हामी नेपाली भूमिमा

गरिमा देशको फैलाऊ मिली यहीं यो जुनीमा ।

 

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals