डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन:बालेन शाह
वि.सं.२०८२ भदौ ३१ मंगलवार
shares
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह ‘बालेन’ले धरानका मेयर हर्क साम्पाङप्रति सामाजिक सञ्जालमार्फत भावुक तर हाँस्यरस मिसिएको जवाफ दिएका छन्।
‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन,’ बालेनले फेसबुकमा लेखेका छन्, ‘एक तर्फी नै सही, तर मेरो माया साँचो हो । यु आर माई ट्रुलभ’
बालेनको यो स्टाटस सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तत्कालै भाइरल बनेको छ। केही मिनेटमै एक लाखभन्दा बढी रियाक्सन र हजारौँ कमेन्ट आएका छन्।
यसअघि जेन जेड आन्दोलनपछि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित हर्क साम्पाङ धरानबाट जम्बो टोली बोकेर जङ्गी अड्डासम्म पुगेका थिए। तर जनमत नपाएपछि उनी निराश बनेर लगातार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै आएका छन्।
त्यही क्रममा काठमाडौं मेयरप्रति घुमाउरो शैलीमा गरिएको साम्पाङको आलोचनालाई लक्षित गर्दै बालेनले आज दिउँसो यस्तो प्रेमभाव मिश्रित स्टाटस लेखेका हुन्।
बालेनको पोस्टलाई धेरैले रमाइलो र हल्का राजनीतिक व्यंग्यका रूपमा लिएका छन् भने केहीले सार्वजनिक पदमा रहेका व्यक्तिद्वारा यस्ता अभिव्यक्ति ‘असामान्य तर मनोरञ्जक’ भएको प्रतिक्रिया दिएका छन्।



























