काँग्रेसको आडमा अकुत कुम्ल्याउने सुवोध देवकोटाको काठमाडौँ सडकमा आतंक

4.6K
shares

काठमाडौं । नेपाली कांग्रेस निकट कर्मचारी यूनियनका पूर्व अध्यक्षसमेत रहेका सिनियर डिभिजन इन्जिनियर (सिडिई) सुबोध देवकोटा बिगतदेखि नै विवादमा छन् ।
ट्रेड यूनियनको आडमा सरुवा–बढुवादेखि ठेक्का भुक्तानीसम्म ठूलो चलखेल गर्दै आएको आरोप उनमाथि पहिले पनि लाग्दै आएको हो ।

 

देवकोटाले झापा सडक डिभिजनमा कार्यरत रहँदा गत आर्थिक वर्ष सम्पन्न भएका ठेक्का कामको भुक्तानी गराउने क्रममा ठेकेदारबाट करिब चार करोड रुपैयाँ कमिसन उठाएका थिए । अर्थ मन्त्रालयसँग मिलेमतो गरी करिब एक अर्ब रुपैयाँ निकासा गराएपछि उनी नुवाकोट सडक डिभिजनमा सरुवा हुन सफल भएका थिए ।

 

 

योजना र बजेट व्यवस्थापनमा राजनीतिक पहुँच प्रयोग गर्दै आएका देवकोटाले महालेखा, आन्तरिक लेखा तथा सम्बन्धित कर्मचारी मिलाउन मात्र झन्डै एक करोड रुपैयाँ खर्चिएको सोही बेला चर्चामा थियो । प्राप्त कमिसनबाट विभिन्न शक्ति केन्द्रलाई रकम बुझाइएकोसमेत आरोप छ । सोही रकम प्रयोग गरेर उनी काठमाडौँ सरुवा हुन सफल भएको उनका निकवर्तीहरु बताउँछन् ।

 

 

तत्कालिन अर्थ मन्त्री डा. प्रकाशशरण महतसँगको निकटता देखाउँदै देवकोटाले आफूलाई मनपर्ने सहायक लेखापालदेखि लेखा अधिकृतसम्मलाई समेत सरुवा गराउने गरेको एक कर्मचारीले बताए ।

 

नुवाकोट सडक डिभिजनमा बजेट विनियोजन गराउने क्रममा टोखा–छहरे सुरुङ मार्ग अध्ययनका लागि चीन सरकारले डीपीआर तयार गर्दै हुँदाहुँदै पनि मन्त्रालयमार्फत करोडौं रुपैयाँ छुट्याएको विषय अहिले पनि आलोचनामा छ ।

 

 

यसैबीच, देवकोटाले काठमाडौं सडक डिभिजनमा आएलगत्तै १८ वर्षदेखि काम गर्दै आएका करिब ३० जना ज्यालादारी मजदुरलाई एकैपटक हटाएको विषयले थप विवाद सिर्जना गरेको छ । दशैं नजिकिँदै गर्दा जागिर गुमाएका मजदुर परिवार चिन्तित बनेका छन् । उनीहरुलाई फेरि भर्ना गर्ने आश्वासन दिएर मौन राख्ने चलाखी गरेको भन्दै देवकोटाको आलोचना भइरहेको छ ।

 

 

देवकोटा हरेक वर्ष हुने साउन–भदौको सरुवामा हस्तक्षेप गर्दै मनपर्ने डिभिजन र आयोजनामा पुग्ने गरेका थिए । त्यहाँ पुग्नेबित्तिकै ठेक्का भुक्तानी, श्रमिक व्यवस्थापन र सरुवामा अनियमितता गरी अकूत सम्पत्ति आर्जन गर्ने उनको प्रवृत्ति बदनाम बन्दै गएको हो ।

 

 

एक कर्मचारी भन्छन्, ‘जेनजी आन्दोलनले पुराना पार्टीको सात्तो लिईसक्यो तर, पुरानै पार्टीका कर्मचारीहरु भने अझै सोही रवाफमा अवैध उठाईरहेका छन् ।’देवकोटा जहाँ जान्छन्, त्यहाँ करोडौंको भ्रष्टाचार गर्छन् । सेटिङ मिलाएकै कारण सजाय पाउँदैनन् ।

 

 

सडक विभागअन्तर्गत प्रायः मालदार प्रोजेक्टमा पहुँच जमाउँदै आएका देवकोटा विगतदेखि नै भ्रष्टाचार, अनियमितता र विवादित निर्णयमा संलग्न प्रमुख कर्मचारीको सूचीमा पर्छन् ।

 

उक्त विषयमा हामीले देवकोटालाई यस विषयमा बारम्बार फोन मार्फत सोध्ने प्रयास गर्दा उनी सम्पर्कमा समेत आउन चाहेनन् ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:

 

ज्यालादारी मजदुरको दशै खोस्ने सडक डिभिजन काठमाडौका सुवोध देवकोटा

Hams Hospitals