लघुकथा : भाइटीका
वि.सं.२०८२ कात्तिक ६ बिहीवार
shares
टीका कहाँ लगाउँने ?
पढाइका सिलसिलामा काठमाडौंमा डेरा गरी बस्ने वर्षा र कुशुम एउटै कलेजमा पढ्थे। यसपाली दुबै गाउँ फर्किएनन् ।
कुशुमको घर बागलुङ हुन्छ भने वर्षाको चाहिँ नेपालगन्ज । दुबै फरक परिवेशका भएता पनि मित्रता प्रगाढ थियो । आ-आफ्नो संस्कार र संस्कृति एकआपसमा साटासाट गर्दथे ।
कुशुम, ” चाडपर्व त गाउँमै मनाउँन राम्रो, त्यहाँको परिवेश, अल्लोघर पल्लोघरको मेलमिलाप, सहयोगी भावना, ऐँचोपैँचो आहा ! पर्वको रौनक, रोटे पिङ, लिङ्गे पिङ कति रमाइलो लाग्छ, सम्झदा ?” उसले स्मृतिमा पाना पल्टाई
वर्षा, ” हो तनि गाउँ भनेको गाउँ नै हो । यस्तो माया र स्नेह यो शहरमा कहाँ पाउनु ? आफू जन्मेको, हुर्केको, पाखा- पखेरा, खोलानाला, मूलको पानी,उकाली ओराली, त्यो आत्मियता अलगै हुन्छ ।” उसले थपी ।
“जनजी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” भन्दै आफ्नो बाल्यकालीन अतितमा वर्षा घोरिई
पोहोर त दाजु हुनुहुन्थ्यो, गए तर यसपाली विदेशमा भएकाले टिका नहुने भो । कुशुमले निराशा व्यक्त गरी
वर्षा एक्ली सन्तान भएकाले तिहारलाई नरमाइलो पर्वका रूपमा लिएकी थिइ । उसले शिर झुकाएको देखेर घरबेटी बज्जै बोलिन, “रानीपोखरी स्थित बालगोपालेश्वर मन्दिरा जाओ त निधार खाली हुदैन ।”
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर




























