लघुकथा : छठ

1.9K
shares

 

 

 

नदी, जलाशयमा लस्कर देखियो ।

 

महिलाहरू विभिन्न परिकारका मिठाइँ बनाएर पूजा सामग्रीसहित उपस्थित थिए । नदी वरिपरि रङ्गीबिरङ्गी पहिरन, सजावटले प्रत्यक्षदर्शीको ध्यान खिँचिरहेको थियो ।

 

निकै श्रद्धा र उत्साहका साथ लामबद्ध भई बसी भक्तिभावले गुनगुनाएर आस्था प्रकट गर्दै थिए । सबै नियाली रहेका पहिलोले भन्यो,  “साँझको बेला, नदी छेउ,पूजा सामग्रीसहित कस्तो अनौठो आस्था र विश्वास, हगी ?”

 

दोस्रोले, “हो तनि, छठ पर्वमा अस्ताउँदो सूर्य देवलाई श्रद्धाका साथ अर्ध्य चढाई रातभर जाग्राम बसी उदाउँदो सूर्यलाई अर्ध्य दिएर पूजा समापन गरिन्छ ।”

पहिलोले पुलकित हुँदै,  “आहा ! जुन धर्म माने पनि भगवानप्रतिको आस्था र विश्वास बोजोड !” उनले रोमाञ्च भाव देखाए

 

दोस्रोले,  ‘पौराणिक कथन अनुसार छठी मैयाँ ब्रह्माकी मानस पुत्री एवम् सूर्यदेवकी बहिनी हुन् । यिनलाई विशेषतः सन्तान र परिवारमा सुख, शान्ति, समृद्धि एवम् सकारात्मक ऊर्जाका रूपमा लिइन्छ, यो पर्व विशेषगरी तराई क्षेत्रमा मनाइन्छ ।” उनले सत्यको बोध गराए

 

धर्मको गहिराइको आभास भएकाले पहिलो मन्द मुस्कान दिदै केही विनीत देखियो र भन्यो, “नेपाल चार वर्ण छत्तीस जातको फूलबारी, त्यसै भनिएको रहेनछ ।”

 

दुबैलाई नियाली रहेको तेस्रो गम्भीरतापूर्वक बोल्यो,  ” आँफू भलो त जगत भलो, भगवानको रूप एक नाम अनेक ।” हा..हा..हा

 

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals