मन्त्रालयका उपसचिव पालिका अध्यक्षविरुद्धमा लाग्दा झन्डै भेटे झापु 

4.2K
shares

काठमाडौँ । प्रशासकीय प्रमुखको सरुवामा आर्थिक जोडिएपछि एक पालिका अध्यक्षले सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी प्रशासनका उपसचिवप्रति आक्रामक बनेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरुवामा एकलौटी निर्णय र अनुचित काम हुनु नै घटना हुने मुख्य कारण मानिएको छ ।

 

 

सामान्य प्रशासन मन्त्रालयका उपसचिव भीमकान्त पौडेलमाथि एक स्थानीय तहका पालिका अध्यक्षले हातै हाल्न खोजेको घटना बाहिरिएको छ । घटना त्यति बेला भयो, जब किस्पाङ गाउँपालिकामा जानु पर्ने कर्मचारीलाई पौडेलले विपरीत रूपमा दुप्चेश्वर गाउँपालिकामा सरुवा गरिदिए । दुप्चेश्वरमा पहिले नै प्रशासकीय प्रमुख  थिए । किस्पाङका अध्यक्षले माग गरेको र कर्मचारीले आफू त्यहीँ जान्छु भन्दै निवेदन पनि दिइसकेको अवस्थामा समेत पौडेलले नियोजित रूपमा सरुवा आदेश उल्टो दिशामा गरेपछि तनाव बढेको थियो ।

 

 

कर्मचारी राजु अधिकारीले पनि किस्पाङमै सेवामा जाने इच्छा जनाउँदै निवेदन दिएका थिए । उपसचिव पौडेलले उनलाई भोलिदेखि नै काममा जानुस् भनेर आश्वासन दिएका थिए । तर, भोलिपल्ट तयार भएको सरुवा आदेश भने उल्टै दुप्चेश्वरको लागि थियो । जहाँ पहिले नै प्रशासकीय प्रमुख थिए, र त्यही कर्मचारीलाई हटाएर अधिकारलाई पठाइयो ।

 

यसरी खाली पद भएको ठाउँमा जान चाहे पनि, आफूले ‘कमाइ हुने ठाउँ’ भन्दै मनपरी सरुवा रोकिदिने र खाली नभएको पालिकामा कर्मचारी खाली गराएर नयाँ जनशक्ति पठाउने जस्ता क्रियाकलाप गर्ने उपसचिव हुन् ।  सरुवा प्रक्रियामा मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा तथा अन्य जिम्मेवार पदाधिकारीलाई जानकारी नै नदिई “मैले सबै मिलाइसकेको छु” भन्दै पौडेलले एकलौटी निर्णय गर्ने गरेको आरोप पनि पौडेललाई छ ।

 

 

यही विवाद चर्किएपछि किस्पाङ गाउँपालिकाका अध्यक्ष र उपसचिव भीमकान्त पौडेलबीच तर्क–वितर्क हुँदै हात हाल्न उत्रिने  अवस्था समेत बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । स्थिति बिग्रँदै जाँदा सुरक्षाकर्मी र आसपासका कर्मचारीले रोकेपछि घटना थप उग्र हुन पाएन ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:

 

उपसचिव भीमकान्तः मन्त्रालयमा हाजिर, मालपोतमा अवैध उठौतीको सेटिङ्ग

civil hospital
Hams Hospitals