हरेक सरुवामा माल झार्ने सामान्य प्रशासन कर्मचारी प्रशासनका उपसचिव पौडेल पुगे रक्षा मन्त्रालय

4.5K
shares

काठमाडौँ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासनमा बसेर सेटिङ्गमा सरुवा गर्ने एक उपसचिव रक्षा मन्त्रालय पुगेका छन् । १५६८१९ कर्मचारी संकेत नम्वर भएका उपसचिव भीमकान्त पौडेललाई एक जनप्रतिनिधिले कार्यकाक्षमै हात हाल्ने प्रयास गरेका थिए ।

एक कर्मचारीले निवेदन नै लेखेर खाली रहेको पालिकामा प्रशासकीय अधिकृत माग गर्दा पनि अन्यत्र नै सरुवा गरिदिएपछि पौडेललाई जनप्रतिनिधिले झन्डै चड्कन हानेका थिए । हरेक कर्मचारीलाई सरुवामा मोलमोलाई गरिरहेको आरोप पौडेललाई लागेको थियो ।

 

सोही आरोपका आधारमा उनको मंगलवार रक्षा मन्त्रालयमा सरुवा गरिएको हो । उनलाई कारवाहीस्वरुप रक्षा मन्त्रालय पठाइएको बताइएको छ । उनले अर्कै मालदार कार्यालयमा जाने इच्छा राखेका थिए ।

पौडेलको कर्तुतका विषयमा सिंहदरवारन्यूज डटकमले लगातार समाचार प्रकाशन गरेको थियो ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:

मन्त्रालयका उपसचिव पालिका अध्यक्षविरुद्धमा लाग्दा झन्डै भेटे झापु 

civil hospital
Hams Hospitals