लघुकथा : जिज्ञासा

1.6K
shares

आगोले पोल्दैन र ?

आमा, ” मान्छे किन बूढो हुन्छ, किन मर्छ ? सधैंभरि बाँचिरहन सकिन्न र ।” छोराले एकाएक जिज्ञासा राख्यो ।

 

पृथ्वीमा जन्म लिएपछि मृत्यु निश्चित छ । ढिलोचाँडो मात्र हो । सबैले यो भौतिक संसार छाड्नु पर्छ । आमाले सुझाइन्

 

“पल्लाघरे नरेकाका तादी मर्नु भो । उहाँलाई जलाए, कति पोल्यो होला हगि ? हामी पनि मर्यो भने त्यसरी नै पोल्छन् त ? “भयभीत स्वरमा छोराले फेरि प्रश्न तेर्सायो ।

 

“बाँचुन्जेल माया गरेनि मरेपछि पोल्ने रे ! मान्छे कस्तो निष्ठुरी है ? “मन्द आवाजमा फेरि अनभिज्ञता जनायो

 

होतनि, “जसरी मान्छेले पुराना वस्त्र त्यागी नयाँ वस्त्र धारण गर्छ, हो त्यसैगरी आत्माले पनि पुराना, व्यर्थका शरीर त्यागी नवीन भौतिक शरीर धारण गर्छ ।” भन्दै आमाले आध्यात्मिक लवजमा सम्झाइन् ।

 

“मर्ने नै भए किन जन्मिएको त ? भगवानले जन्मै नदिए हुँनी नि !” आश्चर्य एवम् उपेक्षा मिश्रित भावमा छोरो बोल्यो

 

अबोध छोराको प्रश्नले चसक्क मन छोयो, उसको अनुहारमा हेर्दै आमाले भनिन्, ” सृष्टि चल्नुपर्यो, जसरी एउटा फूल कोपिला हुँदै फक्रन्छ, फुल्छ र अन्त्यमा झर्छ । हो, मानवरूपी चोला पनि त्यहीँ हो । बालक, यौवन, वयस्क, वृद्ध हुँदै फूलसरी झरेर जान्छ ।” उनले सत्यको बोध गराइन्

 

त्यतिकैमा तल्लाघरे श्याम हस्याङ्फस्याङ् गर्दै दौडदै आयो र भन्यो, ” काकी आकाश त बाइक एक्सिडेन्ट्मा परलोक भएछ ।”

 

 

 

भूमिका गैरे तिमिल्सिना 

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals