लघुकथा : लेखक

1.5K
shares

 

 

 

स्मरणमा छैन ।

एक दशक साहित्यमा योगदान गरे । कविता, आख्यान लगायतका विधामा कलम चलाए । दर्जनौँ कृति प्रकाशन भए । खरो स्वभाव, जे देख्यो त्यो फ्याट्ट बोल्ने बानीले होला । कसैको नजरमा परिन, न कसैको सहानुभूति नै पाएँ ? कलमले झुक्क पनि दिएन । उसँग मैले विगत कोट्याए ।

 

उसले सान्त्वना दिँदै, “आफ्नो-आफ्नो रूचि र स्वभावको कुरा हो । जसलाई जे गर्न मनपर्छ, त्यसले त्यहीँ गर्ने हो । सबैको अस्तित्व समान छ ।” उसले सहजै भन्यो

 

अन्न पानीले बनेको मान्छेको शरीर न हो । बिरामी भएर अस्पतालमा थलिए । ऊ घनिष्ट थियो, एक्कासी ! अतालिदै आयो र सोध्यो, “के भयो, कस्तो छ ? ”

 

ऊ निशब्द थियो, अनुहारको रङ उडेको जस्तो । मलाई छामछुम पार्न थाल्यो । मैले भनेँ,  “सब ठिक छ ।”

 

“डरले धन्नै ढलिन यार ! एकाबिहानै के सुन्नु पर्यो यस्तो खबर भनेर हातखुट्टा लागेन र दौडिदै आए ।” उसले लामो सास तान्दै विरक्तिएको स्वरमा बोल्यो

 

उसको आवाजमा डर थियो, हातखुट्टा कामिरहेका थिए । मेरा कान ठाडा थिए । अप्रत्याशित घटना के होला त ? ममा धैर्य थिएन र सोधे, ” के कुरो हो ?”

 

उसले पत्रिका निकाल्दै मेरो हातमा थमायो अनि समाचार सुनायो र देखायो पनि, ” एक जना लेखकको निधन फोटोसहिको, सञ्जालभरि छ्यापछ्यापी श्रद्धाञ्जलीको ओइरो जुन म नै थिएँ ।”

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

 

 

 

 

civil hospital
Hams Hospitals