लघुकथा : लेखक
वि.सं.२०८२ मंसिर ३ बुधवार
shares
स्मरणमा छैन ।
एक दशक साहित्यमा योगदान गरे । कविता, आख्यान लगायतका विधामा कलम चलाए । दर्जनौँ कृति प्रकाशन भए । खरो स्वभाव, जे देख्यो त्यो फ्याट्ट बोल्ने बानीले होला । कसैको नजरमा परिन, न कसैको सहानुभूति नै पाएँ ? कलमले झुक्क पनि दिएन । उसँग मैले विगत कोट्याए ।
उसले सान्त्वना दिँदै, “आफ्नो-आफ्नो रूचि र स्वभावको कुरा हो । जसलाई जे गर्न मनपर्छ, त्यसले त्यहीँ गर्ने हो । सबैको अस्तित्व समान छ ।” उसले सहजै भन्यो
अन्न पानीले बनेको मान्छेको शरीर न हो । बिरामी भएर अस्पतालमा थलिए । ऊ घनिष्ट थियो, एक्कासी ! अतालिदै आयो र सोध्यो, “के भयो, कस्तो छ ? ”
ऊ निशब्द थियो, अनुहारको रङ उडेको जस्तो । मलाई छामछुम पार्न थाल्यो । मैले भनेँ, “सब ठिक छ ।”
“डरले धन्नै ढलिन यार ! एकाबिहानै के सुन्नु पर्यो यस्तो खबर भनेर हातखुट्टा लागेन र दौडिदै आए ।” उसले लामो सास तान्दै विरक्तिएको स्वरमा बोल्यो
उसको आवाजमा डर थियो, हातखुट्टा कामिरहेका थिए । मेरा कान ठाडा थिए । अप्रत्याशित घटना के होला त ? ममा धैर्य थिएन र सोधे, ” के कुरो हो ?”
उसले पत्रिका निकाल्दै मेरो हातमा थमायो अनि समाचार सुनायो र देखायो पनि, ” एक जना लेखकको निधन फोटोसहिको, सञ्जालभरि छ्यापछ्यापी श्रद्धाञ्जलीको ओइरो जुन म नै थिएँ ।”
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर




























